लमजुङको युनिर्भसल एकेडेमीका २ विद्यार्थीले ल्याए ४ जीपीए
लमजुङको बेंसीशहर नगरपालिका ७ मा रहेको युनिर्भसल एकेडेमीका २ जना विद्यार्थीले एसईई परीक्षामा ४ जीपीए ल्याउन सफल भएका छन् ।
माध्यमिक शिक्षा परिषद्ले बिहीबार प्रकाशित नतिजा अनुसार आयुष केसी र आयुष्मा गुरुङले बराबर ४ जीपीए ल्याउन सफल भएका हुन् ।
विद्यालयका प्रिन्सीपल विमल अधिकारीका अनुसार गत चैतमा सम्पन्न एसईई २०८० मा कूल ६३ जना सहभागी थिए । सहभागीमध्ये बेंसीशहर नगरपालिका ७ का आयुष र बेंसीशहर नगरपालिका ८ की आयुष्माले ४ जीपीए ल्याउन सफल भएका हुन् ।
विद्यालयका अनुसार ३० जनाले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएका छन् । २३ जनाले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याएका छन् । ९ जनाले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन् ।
विद्यालयका प्रिन्सीपल अधिकारीले विद्यार्थी र शिक्षकको अथक मेहेनतले यो परिणाम निस्किएको बताउनुभयो । पछिल्लो समय युनिर्भसल एकेडेमी विद्यार्थी र अभिभावकको रोजाइमा परेको विद्यालय हो ।








प्रतिकृया दिनुहोस