गाउँशहरमा राजु परियारसहित ३ जना कलाकारलाई सम्मान
बेंसीशहर नगरपालिका ३, गाउँशहरमा मंगलबार आयोजना गरिएको गाउँशहर चैतेदशैं मेला एवं साँस्कृतिक उत्सव २०८१ मा ३ जना कलाकारलाई सम्मान गरिएको छ ।
गीतसंगीतमार्फत गाउँशहर क्षेत्रको प्रचारप्रसारको सहयोग पु¥याएको भन्दै गाउँशहर क्षेत्रकै कलाकारलाई सम्मान गरिएको हो ।
गाउँशहर मेला आयोजक समितिले चैते दशैं मेलाको अवसरमा आयोजित कार्यक्रममा बेंसीशहर नगरपालिका २, गाउँशहर चिसापानीका लोकदोहोरी बादशाह राजु परियार, वडा नं. ५, नाल्माकी वरिष्ठ लोक गायिका माया गुरुङ र वडा नं. २, कोलडाँडाकी चर्चित गायिका मञ्जु विकलाई सम्मान गरेको हो ।
लमजुङमा जन्मिएर देशविदेशमा आफ्नो कला साधनामार्फत लमजुङ र खासगरी गाउँशहरको नामलाई उँचो राख्न सफल तिनैजना कलाकारलाई मंगलबार आयोजित मेला तथा साँस्कृति कार्यक्रममा सम्मान गरिएको हो । तिनैजना कलाकारले गाउँशहर, चैतदेशै मेलालगायतको गीतसंगीतमार्फत यस क्षेत्रको प्रचारप्रसार गरेका छन् ।
कलाकारहरुलाई बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सम्मानपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा, गाउँशहर दरबार हेरचाह तथा संरक्षण समितिका अध्यक्ष राजेन्द्र बोहरा, कार्यक्रममा बेसीशहर नगरपालिका वाड नं. ३ का वडाअध्यक्ष चित्रवहादुर दनाईं, बेंसीशहर नगरपालिका वडा नं. २ का अध्यक्ष मदन राना, ४ का अध्यक्ष गमबहादुर गुरुङ, नेपाल सरकारका अधिकृत राजकुमार दुलाल, समाजसेवी श्रीकान्त घिमिरे लगायतको उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले गाउँशहर स्थित लमजुङ दरबार र कालिका मन्दिरको पहिचानको निम्ति बेसीशहर नगरपालिकाले छोटो समयमा गरेको प्रयासले धेरै परिवर्तन ल्याएको वताउनुभयो । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यस क्षेत्रलाई अत्यन्त महत्वपूर्ण पर्यटकिय स्थलको रुपमा निमार्ण गर्नपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रमको सञ्चालन मेला आयोजक समितिका प्रचारप्रसार संयोजक रेडियो चौतारी ९१.४ मेगाहर्जका अध्यक्ष समेत रहनुभएका पत्रकार किसान संगीतले गर्नुभएको थियो । साँस्कृतिक कार्यक्रमको सञ्चालन रेडियो चौतारी ९१.४ मेगाहर्जका समाचार तथा कार्यक्रम प्रमुख समेत रहनुभएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले गर्नुभएको थियो ।
विदेशी मुलकका २ जना सहित १८ जनाको सहभागिता रहको छेलो हान्ने प्रतियोगितामा सुन्दरबजार नगरपालिका ३, च्यानपाटाका निशान परियार प्रथम र दोर्दीका गोविन्द गुरुङ द्धित्तीय भएका छन् । प्रथम र द्धितीयलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार सहित पगरी र प्रमाणपत्र प्रदान गरिएको थियो ।








प्रतिकृया दिनुहोस