नेपाली काँग्रेस मर्स्र्याङ्दी गाउँपालिकाको शूभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
लमजुङ ।
नेपाली कांग्रेस मस्र्याङ्दी गाउँपालिकाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम–२०८३ सम्पन्न गरेको छ । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेपाली काँग्रेसले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रम लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित खुदीमा सम्पन्न भएको हो ।
कार्यक्रममा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्दै शुभकामना आदानप्रदान गरिएको नेपाली कांग्रेस मस्र्याङ्दी गाउँपालिकाले जनाएको छ । कार्यक्रममा वर्तमान राजनीतिक परिवेश र नेपाली काँग्रेसको अबको योजनाबारे समेत छलफल भएको जनाईएको छ । कार्यक्रममा नेपाली काँग्रेसमा आबद्ध नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पुर्णिमाको दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ ।








प्रतिकृया दिनुहोस