आज : Saturday, October 24, 2026 | २०८३ कार्तिक ८ शनिबार

मनाङको गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन जापानी दुई पर्वतारोहीको शव भेटियो 

मनाङ ।
मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी दुई पर्वतारोहीको शव भेटिएको छ । 

ङिस्याङ गाउँपालिका–६ मा रहेको ७ हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव हिजो भेटिएको हो । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार कस्मो एडभेन्चर कम्पनी काठमाण्डौमार्फत नेपाली पथप्रदर्शकसहित हिमाल आरोहणमा मनाङ उहाँहरू गएको असोज २९ गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । 

खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो । लगातारको खोजीपछि हिजो गङ्गापूर्ण हिमालको दक्षिणी भागमा झण्डै ६ हजार ३०० मिटर उचाइमा दुवैको शव फेला परेको हो ।  शव काठमाण्डौ पठाउने तयारी भइरहेको र परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइने छ ।

 

प्रतिकृया दिनुहोस