आज : Sunday, October 11, 2026 | २०८३ असोज २५ आइतबार

क्व्होलासोथारमा सोमबार शोक बिदा

लमजुङ ।
लमजुङको क्व्होलासोथार गाउँपालिकाले कार्यालय सहयोगी रणबहादुर गुरुङको निधनमा सोमबार शोक बिदा दिने भएको छ। क्व्होलासोथार गाउँपालिका–६ मा कार्यालय सहयोगीका रूपमा कार्यरत गुरुङको असोज २२ गते असामयिक निधन भएको थियो। 

गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङद्वारा जारी सूचनाअनुसार मृतकको चिरशान्तिको कामना गर्दै असोज २६ गते सोमबार गाउँपालिका तथा गाउँपालिकाअन्तर्गत अत्यावश्यकबाहेकका कार्यालय, विद्यालय र संघसंस्थामा शोक बिदा दिने निर्णय गरिएको हो। 

प्रतिकृया दिनुहोस