आज : Thursday, September 10, 2026 | २०८३ भदौ २५ बिहीबार

लमजुङका बमबहादुर विश्वकर्माद्वारा भोटेकोशी बाढीपीडितलाई १ लाख १० हजार सहयोग

 लमजुङ । 
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित परिवारको राहतका लागि लमजुङका सुनचाँदी व्यवसायी बमबहादुर विश्वकर्माको परिवारले १ लाख १० हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।

विश्वकर्माले आफ्नो जयलक्ष्मी सुनचाँदी पसल, श्रीमती गंगादेवी विश्वकर्मा तथा परिवारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो । राष्ट्रिय वाणिज्य बैंकमार्फत कोषमा रकम जम्मा गरी बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई भौचर हस्तान्तरण गरिएको हो।

लमजुङ सुनचाँदी व्यवसायी संघका अध्यक्षसमेत रहनुभएका विश्वकर्माले विपद्को विषम परिस्थितिमा भोटेकोशी बाढीपहिरो प्रभावितलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले परिवारका तर्फबाट सहयोग गरिएको बताउनुभयो । भोटेकोशी बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको छ । देश शोकमा रहेका बेला मानवीय सहयोगमा आफ्नो परिवारले पनि योगदान गरेको उहाँको भनाइ छ।  

प्रतिकृया दिनुहोस