बाढीपीडितका लागि तस्यो महिला समूहद्वारा ३१ हजार १ सय सहयोग
लमजुङ ।
रसुवाको भोटेकोशी बाढी पीडित नागरिकको राहत तथा उद्धारका लागि लमजुङको दूधपोखरी गाउँपालिका–५, कोल्की तस्योस्थित तस्यो महिला समूहले ३१ हजार १ सय रुपैयाँ सहयोग गरेको छ।
समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आइतबार जम्मा गरेको हो। बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले समूहले सहयोग गरेको जनाएको छ।
विपद्को यस दुःखद् घडीमा पीडित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै समूहले आफ्नो तर्फबाट सहयोग गरेको हो। बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति, समूह, संघसंस्था र समुदायबाट सहयोग जुटिरहेका बेला तस्यो महिला समूहले पनि मानवीय सहयोगस्वरूप रकम प्रदान गरेको जनाएको छ ।
समूहले विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई सक्दो सहयोग गर्न आग्रहसमेत गरेको छ।







प्रतिकृया दिनुहोस