भण्डारी सेवा समाज नेपालको १८औँ साधारण सभा तथा ५औँ महाधिवेशन सम्पन्न
‘कुलघर नै मूल घर’ भन्ने आदर्श बोकेको भण्डारी सेवा समाज नेपाल (रघुवंशी कौशिक गोत्रीय) को १८औँ वार्षिक साधारण सभा तथा ५औँ केन्द्रीय महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ।
काठमाडौँस्थित लर्ड पार्टी भेन्युमा सम्पन्न महाधिवेशनले सिन्धुपाल्चोकका वीरबहादुर भण्डारीको अध्यक्षतामा ४९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । निर्वाचन संयोजक तथा पूर्व एआईजी वमबहादुर भण्डारीले नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।
लमजुङबाट केन्द्रीय कोषाध्यक्षमा विश्वराज भण्डारी (पामचोक) चयन हुनुभएको छ । त्यस्तै, केन्द्रीय सदस्यमा गुमानसिंह भण्डारी (सेग्ले), अर्जुन भण्डारी )तरापु), भोजबहादुर भण्डारी (पामचोक) र बलराम भण्डारी ‘आकाश’ (पामचोक) निर्वाचित हुनुभएको छ।
त्यसैगरी लमजुङबाट चितवन बसाइँ सरेका भण्डारी समुदायकै उपाध्यक्षमा हरि भण्डारी (चितवन) तथा केन्द्रीय सदस्यमा हरिबहादुर भण्डारी (चितवन) चयन भएका छन् । नवलपुरमा बसोबास गर्दै आएका लमजुङका भण्डारी समुदायबाट अमृत भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै, लमजुङबाट सिन्धुपाल्चोक पुगेका पारथ भण्डारीका सन्तान थिरबहादुर भण्डारी उपाध्यक्षमा तथा भक्तपुरमा बसोबास गर्दै आएका राधाकृष्ण भण्डारी पनि उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष वीरबहादुर भण्डारीले समाजलाई थप सशक्त र व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले केन्द्रीय कुल मन्दिर निर्माण तथा संरक्षण, कौशिक ऋषि आश्रमको विकास र रघुवंशी कौशिक गोत्रीय भण्डारीहरूको वंशावली तयार गरी प्रकाशन कार्यलाई अघि बढाउने बताउनुभएको छ ।
महाधिवेशनले देश तथा विदेशमा रहेका भण्डारी समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सम्बन्ध थप मजबुत बनाउँदै समाजको संस्थागत विकासमा जोड दिने प्रतिबद्धता समेत जनाएको छ ।







प्रतिकृया दिनुहोस