आज : Monday, August 10, 2026 | २०८३ श्रावण २५ सोमबार

जीवन सहारा ईन्टरप्राईजेजमा 'टीभीएस एक्सचेन्ज मेनिया' सुरु

लमजुङ । लमजुङको बेँसीसहरस्थित जीवन सहारा ईन्टरप्राईजेजमा'टीभीएस एक्सचेन्ज मेनिया'सुरु भएको छ। झिंगेखोलास्थित 'जीवन सहारा ईन्टरप्राईजेज' को नयाँ संचालनमा आउन लागेको शोरुममा आईतबारदेखि उक्त अफर सुरु भएको हो । 'टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डील' नामक उक्त अफरमा ६ हजारसम्म नगद छुट प्राप्त गर्न सकिने प्रोप्राइटर ध्रुव दनाईले जानकारी दिनुभयो ।

यहि साउन २९ गतेसम्म सञ्चालन हुने एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्। एक्सचेन्ज कार्यक्रममा पुरानो सवारीसाधनको आकर्षक मूल्यांकन, नगद छुट, निःशुल्क हेल्मेट तथा अन्य एसेसरिजको सुविधा उपलब्ध हुने जनाइएको छ। त्यस्तै, नागरिकता र लाइसेन्सका आधारमा छिटो फाइनान्स सुविधा तथा न्यूनतम १ सय २४ रुपैयाँदेखि ईएमआई सुरु हुने बताइएको छ। उक्त अफरमा टीभीएसको लाइफटाइम वारेन्टीको सुविधा पनि रहेको जनाइएको छ।

हाल बेँसीसहरस्थित सेरा टुकुचे होटलको आडमा संचालित जीवन सहारा इन्टरप्राइजेज झिङ्गेखोलामा सर्ने तयारी छ । भदौको पहिलो हप्ता झिंगे खोलास्थित नयाँ शोरुम औपचारीक शुभारम्भ गर्ने जनाईएको छ । 

प्रतिकृया दिनुहोस