जन्मदिनमा वृक्षारोपण गर्दै मर्स्याङ्दी गाउँपालिका अध्यक्ष गुरुङ
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनाउनुभएको छ। अध्यक्ष गुरुङले साउन १५ गतेका दिन आफ्नो जन्मदिन अवसरमा गाउँपालिकाको परिसरमा एभोकाडो तथा गुलमोहरका बिरुवा रोप्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश दिनुभएको छ ।
अध्यक्ष गुरुङले वृक्षारोपणमार्फत दिगो विकास तथा वातावरणीय संरक्षणप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस प्रकारको कार्यलाई स्थानीयवासीले सकारात्मक र प्रेरणादायी कदमका रूपमा लिएका छन् ।
यो अवसरमा मर्स्याङ्दी गाउँपालिकाले अध्यक्ष गुरुङको उत्तरोत्तर स्वास्थ्य, सुख, समृद्धि, दीर्घायु तथा सफल नेतृत्वको कामना गर्दै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गरेको छ ।
साथै वृक्षारोपणका लागि बिरुवा उपलब्ध गराएकोमा डिभिजन वन कार्यालय लमजुङलाई गाउँपालिकाले धन्यवाद ज्ञापन दिएको छ ।







प्रतिकृया दिनुहोस