आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

ग्लोबल आइएमइ लघुवित्तीय संस्था लिमिटेड शाखा कार्यालय बुङ्कोटद्वारा १ दिने वित्तीय साक्षरता कार्यक्रम

सहिदलखन गाउँपालिकामा रहेको ग्लोबल आइएमइ लघुवित्तीय सस्था लिमिटेड शाखा कार्यालय बुङ्कोटले १ दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा बोल्दै सहिदलखन गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष बासुदेव ढकालले संस्थाले समाजमा लगानी गर्न, बचत गर्न र बचतको परीचालन गर्न सिकाएको  बताउनुभयो । यसका साथै  संस्थाले  आगामी दिनमा यस क्षेत्रका सदस्यहरुलाई लाभान्वित हुने खालका कार्यक्रम ल्याउन तथा सामाजिक उत्तरदायित्वका बिषयमा सहयोग गर्न अनुरोध गर्नु समेत गर्नुभएको थियो ।
कार्यक्रममा अनुगमन अधिकृत विमल खनालले संस्थाबाट प्रवाह हुने सेवा सुविधाका बारेमा सहभागीलाई जानकारी गराउदै स्वागत मन्तव्य तथा  वित्तीय साक्षरता कक्षा सञ्चालन गर्नुभएको  थियो ।
कार्यक्रममा  सहभागीहरुबाट प्राप्त गुनासो  प्रमुख कार्यकारी अधिकृत  हरीकृष्ण जोशीले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा  सहिदलखन गाउँपालिका  वडा नं ७  का वडा अध्यक्ष शरण श्रेष्ठ, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  हरीकृष्ण जोशी, प्रहरी चौकि प्रतिनीधि छक प्रसाद पाठक, फेवा टेलिभिजन लम्जुङ संवाददाता  प्रमोद अधिकारी, समाजसेवी मदन प्रसाद लम्साल, स्टेशन कार्यालय चन्द्रेश्वरका स्टेशन प्रमुख बिमल खनाल तथा शाखाका कर्मचारीहरु लगायत कुल १ सय ५ जना सदस्यहरुको उपस्थिती रहेको थियो ।
संस्थाको केन्द्र नं. ०००५ की सदस्य  गिता लम्सालको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन शाखा प्रमुख अर्जुन बि.कले  गर्नुभएको  थियो ।

प्रतिकृया दिनुहोस