लमजुङ सुनचाँदी व्यवसायी संघको अध्यक्षमा बमवहादुर विश्वकर्मा
लमजुङ सुनचाँदी व्यवसायी संघको अध्यक्षमा बमबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । बेसीशहरमा शनिबार सम्पन्न संघको नवौँ वार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनले विश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहनुभएका विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको निवर्तमान अध्यक्ष देवबहादुर विश्वकर्माले बताउनुभयो । २०४५ साल देखि लमजुङ सदरमुकाम बेसीशहरमा जयलक्ष्मी सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका विश्वकर्मा लमजुङको स्थापित र सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर सुनार, उपाध्यक्षमा तोत्रबहादुर सुनार, सचिवमा बलराम विश्वकर्मा, सहसचिवमा सुनिल सुनार र कोषाध्यक्षमा डिलबहादुर सुनारलाई सर्वसम्मत निर्वाचित गरिएको छ ।
कार्यसमिति सदस्यहरुमा गणेश बहादुर विश्वकर्मा, विपुल विश्वकर्मा, बाबुराम सुनार, सुन्तली सुनार सर्वसम्मत निर्वाचित हुनुभएको छ । अधिवेशनले हर्कबहादुर खाती र प्रकाश विश्वकर्मालाई कार्यसमिति सदस्यमा मनोनित गरेको कार्यालय सचिव सरोज विश्वकर्माले जानकारी दिनुभयो ।








प्रतिकृया दिनुहोस