आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

प्रवासी नेपाली मञ्च बहराइनको अध्यक्षमा लमजुङका गुरुङ निर्वाचित

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च बहराइनको अध्यक्षमा लमजुङका चन्द्र गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
गत जुलाई ५ तारिखका दिन सम्पन्न चौथो राष्ट्रिय अधिवेशनले क्व्होलासोथार गाउँपालिका ७, कुमलुङ घर भएका गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्षसहित पदाधिकारी, विभाग प्रमुख तथा सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् ।
उपाध्यक्षमा थोमस कुलुङ, सचिव विरेन्द्र बुढाथोकी, सहसचिवमा धनन्जय जोशी र सुशिला गेलाल चयन हुनुभएको छ ।
विभाग प्रमुखमा संघसंस्था तथा एनआरएनए समन्व्य विभागमा भावना आचार्य पन्त, महिला विभागमा सुशिला खत्री, प्रचारप्रसार विभागमा निमबहादुर विश्वकर्मा, श्रमिक विभागमा सन्तोष तामाङ र युवा तथा खेलकुद विभाग प्रमुखमा चन्द्रसुब्बा गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
सदस्यहरुमा लालबहादुर कटुवाल, सन्तोष थापामगर, दिल्ली सुवेदी, विमल खड्का र विश्व गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
प्रवासी नेपाली मञ्च बहराइनका यसअघिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशन उदघाटन सत्रमा पूर्व उपासभमुख, पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, संविधान सभा सदस्य एवं नेकपा एमाले केन्द्रिय कमिटी सदस्य जमिन्द्रमान घले, नेपाली राजदुतावास बहराइनका राजदूत तिर्थराज वाग्ले, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा, मञ्चका उपसचिव एवं प्रचार विभाग प्रमुख चानक पोख्रेल, सचिवालय सदस्य एवम् मध्यपूर्व ईन्चार्ज कमलमणि गरागाईं, सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख शालिग्राम पन्त, प्रवासी नेपाली मञ्च मध्यपूर्व संयोजक प्रकाश कोइराला, प्रवासी नेपाली मञ्च अमेरिकका सदस्य पुनम थापा, नेपाली जनसम्पर्क समिति बहराइनका सभापति पदमसुन्दर गुरुङ, नेपाली जनप्रगतिशील मञ्च बहराइनका अध्यक्ष रामु काफ्ले, प्रवासी नेपाली समाज (पानस) का अध्यक्ष हिमलाल पाण्डे, बहराइन नेपाली एकता समाजका अध्यक्ष धनबहादुर कार्की, नेपाली क्लब बहराइनका अध्यक्ष दूतप्रसाद गुरुङ (दीपक), गैरआवासीय नेपाली संघ समन्वय परिषद् बहराइनका कोषाध्यक्ष दिपक कर्ण, आदिवासी जनजाति महासंघ बहराइनका अध्यक्ष विरेन्द्र तुम्बापो, बहराइनमा स्थापित क्षेत्रीय संघसंस्था, जातीय समाजका अध्यक्ष तथा प्रतिनिधि, अन्तर्राष्ट्रिय कलाकार समाजका कलाकार, व्यावसायिक व्यक्तित्व, शुभचिन्तक, आस्थावान व्यक्तित्व, श्रमिकलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस