लमजुङ सेवा समाज कतारको क्यालेण्डर बिमोचन
लमजुङ सेवा समाज कतारको सदस्यता विस्तार गर्दै २०८१ को क्यालेन्डर बिमोचन गरिएको छ । साथै उक्त अवसरमा रमाइलो बनभोज कार्यक्रम समेत गरिएको छ ।
मे ३ तारिख (बैशाख २१ गते) शुक्रबार राजधानी दोहादेखि झण्डै ८० किलोमिटर टाढा समाल ६६ भन्ने ठाउँ नजिकै रहेको एउटा कृषि फर्मभित्र कार्यक्रमको आयोजना गरिएको थियो ।
समाजका अध्यक्ष विनोदप्रसाद बसौलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेल, गण्डकी प्रदेश अन्तरगत जिल्लाका अध्यक्षहरु पदम गिरी, निराजन गौतम, रघुनाथ शर्मा, अगन्धर देवकोटा, घनश्याम जैसी तथा तमु समाज कतारका अध्यक्ष टौमाया गुरुङलगायतले शुभकामना तथा सुभेच्छा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष तथा संरक्षक डिलराम गुरुङ, संरक्षक पूर्णबहादुर पोखरिया, संरक्षक नवराज नखोला, प्रमुख सल्लाहकार सिताराम थापा, सल्लाहकारहरु कर्म गुरुङ, रविन्द्र गुरुङ, कर्ण तामाङ, राजु पौडेल तथा पूर्व सल्लाहकार युद्धजङ गुरुङलगायतको उपस्थिति थियो ।
लमजुङबाट रोजगारीको शिलशिलामा कतारमा रहेर विभिन्न ठाउँमा कार्यरत लमजुङे दाजुभाइ तथा दिदिबहिनीहरुलाई समेट्ने उद्देश्यले आयोजिक कार्यक्रममा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिका स्थायी घर भएका डेढसय बढीको उपस्थिति थियो । कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक तथा साँस्कृतिक प्रस्तुति थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरु मध्येबाट लक्की ड्रमार्फत ५ जनालाई उपहार प्रदान गरिएको थियो । कार्यक्रममा तमु समाज कतारद्वारा लमजुङ सेवा समाजलाई माइती स्वरुप कोसेली हस्तान्तरण गरिएको थियो ।
संस्थाका द्वितीय उपाध्यक्ष विनोद थापामगरले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उपस्थित सबैलाइ स्वागत भाषणमार्फत स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव रविन्द्र भण्डारीले गर्नुभएको थियो ।








प्रतिकृया दिनुहोस