आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

ह्वीलचियरमै बसेर एसईई परीक्षा दिँदै दुराडाँडाका अधिकारी

जनविकास मावि बेंसीशहर केन्द्रमा सुन्दरबजार नगरपालिका ४, दुराडाँडा पाँचघरेका इश्वर अधिकारीले ह्वीलचियरमै बसेर एसईई परीक्षा दिनुभएको छ । 
उक्त विद्यालयकै परीक्षार्थी रहे पनि जनविकास मावि चण्डीडाँडा केन्द्र परेकोमा तल्लो जनविकासमा नै व्यवस्थापन गरिएको जनविकास मावि बेंसीसहरका केन्द्राध्यक्ष जितबहादुर कोइरालाले बताउनुभयो । उहाँका अनुसार माथिल्लो जनविकास जान नसक्ने भएपछि उहाँलाई तल्लो जनविकासमै परीक्षा दिने व्यवस्था मिलाइएको हो । दुवै खुट्टा नचल्ने उहाँले ह्वीलचियरमा परीक्षा दिइरहेको र एकजना निरीक्षकको व्यवस्था गरिएको केन्द्राध्यक्ष कोइरालाले बताउनुभयो ।
बेंसीसहरकै भूपू सैनिक आवासीय मावि केन्द्रमा बेंसीसहर नगरपालिका १०, खासुरबेंसीको जनजागृति माविका परीक्षार्थी सविना तामाङले सहयोगी राखेर परीक्षा दिइरहुनुभएको छ । कक्षा ९ का सोनिया तामाङको सहयोगमा सविनाले परीक्षा दिइरहेको जनजागृति माविका प्रधानाध्यापक नन्दबहादुर घलेले बताउनुभयो । उहाँलाई केन्द्राध्यक्ष विनोद गुरुङले एकजना निरीक्षक राखेर छुट्टै कोठामा परीक्षा दिने व्यवस्था मिलाउनुभएको छ ।
बेंसीसहर नगरपालिका २, भकुण्डेको बालकल्याण मावि केन्द्रमा बेंसीसहर ३, बाहुनबेंसीका विजय घिमिरेले सहयोगीको भरमा परीक्षा दिइरहनुभएको छ । बाहुनबेंसीस्थित यशोब्रम्ह माविका प्रधानाध्यापक सूर्यप्रसाद बरालले दायाँ हात भाँचिएपछि विजयले कक्षा ९ मा पढ्ने वीपिन बोहराको सहयोगमा परीक्षा दिइरहनुभएको छ । उहाँलाई परीक्षा दिन एकजना निरीक्षकसहित छुट्टै कोठाको व्यवस्था गरिएको केन्द्राध्यक्ष तीर्थराज न्यौपानेले बताउनुभयो ।
शुत्रबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तरगत पहिलो दिन शुक्रबार अनिबार्य अंग्रेजी विषयको परीक्षामा १५ जना अनुपस्थित भएका छन् । पुरुष ७ र महिला ८ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएको छ । कार्यालय प्रमुख बीरबहादुर गुरुङका अनुसार १ हजार ३ सय ६६ पुरुष र १ हजार ४ सय २६ महिला गरी २ हजार ७ सय ९२ जनाले परीक्षा दिएका छन् । २ जना परीक्षार्थीले ग्रेडबृद्धिका लागि पछि परीक्षा दिनेछन् ।
लमजुङमा यसवर्ष मध्यनेपाल नगरपालिका ३, सोतीपसलको मंगला मावि केन्द्र हटाएर १७ वटा परीक्षा केन्द्र बनाइएको छ । परीक्षार्थीले बेंसीसहर नगरपालिकाको जनकाल्याण मावि चिती, जनविकास मावि बेसीशहर, जनविकास मावि चण्डिस्थान, बालकल्याण मावि भकुण्डे, जनकल्याण मावि उदिपुर र भूपू सैनिक आवासीय मावि, सुन्दरबजार नगरपालिकाको सर्वोदय मावि चन्द्रे्र्रश्वर, मक्ति नमुना मावि भोटेओडार, आदर्श बाल मावि सुन्दरबजार र विद्याज्योति मावि तार्कु खहरे, मध्यनेपाल नगरपालिकाको भरैवकाली मावि रम्घा, कुसुमाकर मावि करापुटार र ईशानेश्वर मावि भोर्लेटार, राइनास नगरपालिकाको बीरभक्ति मावि तार्कुघाट र बुद्धमिलन मावि प्यारजुङ साथै मस्र्याङ्दी गाउ“पाकिलाको अमर मावि खुदीमा एसईई परीक्षा दिइरहेका छन् ।
 

प्रतिकृया दिनुहोस