लमजुङका चेपाङले आफ्नै भाषामा यस्तो गीत गाए (भिडियो)
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो । चेपाङ समुदाय लोपुन्मुख जनजातिभित्र पर्छ । मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाहरूमा छरिएका बसेका चेपाङ समुदायको आफ्नै भाषा, संस्कार संस्कृति छ । चेपाङहरूको जीवन वनजंगल र जमिनसँग अति नजिकसँग जोडिएको छ । त्यसैले उनीहरूको बसोबास वनजंल नजिक, भिरालो परेको जमीन, खोला नजिक छरिएर रहेको पाइन्छ । चेपाङहरू अन्य समुदायसँग कम घुलमेल हुने र लज्जालु हुन्छन्। यो समुदायले आफ्नो पीडा आफ्नै भाषामा व्यक्त समेत गर्ने गर्छन् । लमजुङको बेंसीशहर नगरपालिका ११, चिती बरबोटफाँट र दोर्दी गाउँपालिका ९, हिलेटेक्सारको भीरकुनामा गरी चेपाङका १२ घर छन् । लमजुङका चेपाङ समुदायले आफ्नै भाषामा गाएको गीत सुनौं ।





प्रतिकृया दिनुहोस