किर्तीराज घिमिरेलाई अमेरिकाबाट १ लाख ४५ हजार आर्थिक सहयोग
मुटुको जटिल शैल्यक्रिया (ओपन हर्ट हर्जरी) गरिएको विरामी मस्र्याङदी गाउँपालिका वडा नं. ६ बाहुनडाँडाँका ३६ बर्षीय किर्तीराज घिमिरेलाई अमेरिकाबाट सहयोग आएको छ ।
अमेरिकामा रहेका नेपालीहरुबाट संकलन गरिएको १ लाख ४५ हजार रुपियाँ विरामी घिमिरेलाई प्रदान गरिएको छ । हाल तनहुँ देवघाटमा अस्थायी बसोबास गर्दै आएका कीर्तिराज घिमिरेको उपचारका लागि रकम अभाव भएकाले बाहुनडाँडा घर भई अमेरिकामा रहनुभएकी समाजसेवी, साहित्यकार शान्ता अधिकारी घिमिरेको पहलमा रकम संकलन गरी प्रदान गरिएको हो । उपचारमा आर्थिक अभाव भएको जानकारी पाएपछि अमेरिकामा रहेका नेपालीहरुबाट सहयोग संकलन गरेको अधिकारीले बताउनुभयो । संकलित रकम शान्ता अधिकारी घिमिरेको छोरा अनुप घिमिरे र दिदी विष्णु भट्टराईले काठमाडौंस्थित अस्पतालमा भेटेर रकम हस्तान्तरण गर्नुभएको हो । देशका विभिन्न ठाउँमा घर भएकाहरुले किर्तीराज घिमिरेको उपचारमा सहयोग गरेको भन्दै सहयोगदातालाई विरामी घिमिरेले धन्यावाद दिनुभएको छ । समाजसेवी शान्ता अधिकारी घिमिरेले सहयोग गर्ने दिल गुरुङ लगायत सबैलाई धन्यावाद दिनुभएको छ ।

किर्तीराज घिमिरेको २ वर्ष अघि मुटुको जटिल शैल्यक्रिया (ओपन हर्ट हर्जरी) गरिएको थियो । हाल मुटुले कुनै काम नगर्ने डवल पेजमेकर राखि मुटु सन्चालन गरिरहेको परिवारले बताएको छ । दैनिक औषधी सेवन गनुपर्ने, निरन्तर फलोअप गर्नुपर्ने र रकम आवश्यक परेकाले सहयोगका लागि परिवारले अपिल गर्दै आएको छ । भएको रकम उपचारमै खर्च भएपछि अब थप रकम आवश्यक परेको श्रीमति नमुना न्यौपाने घिमिरेले बताउनुभयो । श्रीमानको उपचारका लागि धेरै रकम खर्च हुने भएकाले सहयोग गर्न आग्रह गरिएको बताउनुभयो । श्रीमानको जीवन बचाइदिन सबैलाई अनुरोध गर्नुभएको छ । उपचारमा हालसम्म १५ लाख रुपियाँ खर्च भएको परिवारले बताएको छ ।

.jpeg)






प्रतिकृया दिनुहोस