मध्यनेपाल-१० बरदानमा पिर्के पिङ भाँचिँदा तीन जना घाइते
लमजुङ ।
लमजुङको मध्यनेपाल नगरपालिका–१० बरदानमा २४ पिर्के पिङ खेल्ने क्रममा पिङ भाँचिँदा तीन जना घाइते भएका छन् । आईतबार दिउँसो करिब २ः४५ बजे भएको दुर्घटनामा चितवनका २७ वर्षीया अन्जु राना, ३५ वर्षीया मुना थापा र तनहुँका ४० वर्षीय ज्ञानेन्द्र सुनार घाइते भएका हुन् । तीनै जनाको अवस्था मध्यम रहेको र उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी) लगिएको प्रहरीले जनाएको छ ।
पिङको मादल के कारणले भाँचिएको हो भन्नेबारे खुल्न सकेको छैन। घटनाबारे इलाका प्रहरी कार्यालय भोर्लेटारले थप अनुसन्धान गरिरहेको छ।
परम्परागत सीप र कलाको प्रयोग गरी काठबाट निर्माण गरिएको २४ पिर्के पिङ लमजुङको मौलिक संस्कृति र परम्पराको महत्वपूर्ण पहिचानका रूपमा स्थापित भएको थियो। यो पिङ हेर्न र खेल्न जिल्लाभित्र तथा बाहिरका विभिन्न स्थानबाट मानिसहरु पुग्ने गरेका थिए। पिङ भाँचिएर दुर्घटना भएपछि यसको संरक्षण र सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।






प्रतिकृया दिनुहोस