लमजुङको रामचोकबेँसीमा पहिरो खस्दा आमा–छोरा घाइते
लमजुङ ।
लमजुङको बेँसीशहर नगरपालिका ११ चितिस्थित रामचोकबेँसीमा पहिरो जाँदा दुईजना घाईते भएका छन् । आईतबार बिहान करिब ६ः३० बजे स्थानीय प्रकाशबहादुर सेढाईको घरमाथिबाट पहिरो खस्दा उक्त घरमा डेरा गरी बस्दै आएका दोर्दी गाउँपालिका ५ छतीका करिब ३५ वर्षीया बासमाया तामाङ र उनका ६ वर्षीय छोरा अमृत तामाङ घाइते हुनुभएको हो ।
भागेर ज्यान जोगाउन सफल भएको जनाईएको छ । दुवैको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।
घाइते दुवैको प्रदेश अस्पताल लमजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । पहिरोका कारण घरमा क्षति पुग्नुका साथै पशुचौपायासमेत मरेका छन्।







प्रतिकृया दिनुहोस