नेपाली सेनाको ६ महिने सैनिक आधार तालिमपछि २ हजार ९६८ जना सैनिक दीक्षित
काठमाडौं । नेपाली सेनाले विभिन्न २२ स्थानमा सञ्चालन गरेको ६ महिने सैनिक आधार तालिम सम्पन्न गरेको छ। तालिममा सहभागी २ हजार ९६८ जना सैनिक शुक्रबार दीक्षित भएका छन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तालिम पूरा गर्नेमा २ हजार ५०२ जना पुरुष र ४६६ जना महिला रहेका छन्।
तालिम समापनका अवसरमा विभिन्न स्थानमा आयोजित अन्तिम दलेल कवाजमा सहभागी प्रशिक्षार्थीहरूले कवाज निरीक्षण गराएका थिए। उत्कृष्ट शिक्षार्थीहरूलाई सो अवसरमा पुरस्कृतसमेत गरिएको सेनाले जनाएको छ।
समापन समारोहमा जिल्ला तथा स्थानीय निकायका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नवनियुक्त सिपाहीका परिवारजनलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।







प्रतिकृया दिनुहोस