आज : Saturday, September 26, 2026 | २०८३ असोज १० शनिबार

लमजुङमा पार्किङ गरिएको मोटरसाइकलमा आगजनी गरेको आरोपमा एक पक्राउ 

लमजुङ ।
लमजुङको बेँसीशहर नगरपालिका–३, गाउँशहरमा घरबाहिर पार्किङ गरिएको मोटरसाइकलमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार भदौ २ गते राति करिब १०ः३५ बजे स्थानीय प्रेमबहादुर परियारको ग १२ प ६७५३ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलमा आगजनी भएको थियो।

घटनापछि फरार रहेको आरोपमा प्रहरीले गाउँशहरकै २८ वर्षीय सरोज दुलाललाई असोज ६ गते बेँसीशहर–८ स्थित सेरा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दुलाललाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन्।

प्रहरीले आगलागी भएको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस