भारद्वाज गोत्रीय पाण्डे समाजद्वारा बाढी प्रभावितका लागि ४६ हजारभन्दा बढि सहयोग
लमजुङ ।
लमजुङको बेसीशहर नगरपालिका–११ मा रहेको भारद्वाज गोत्रीय पाण्डे समाजले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु. ४६ हजार ४ सय ७१ आर्थिक सहयोग गरेको छ।
समाजका सदस्यहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी उक्त सहयोग रकम जुटाएका हुन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहयोग गरिएको समाजले जनाएको छ।
प्राकृतिक विपत्तिका कारण ठूलो क्षति व्यहोर्न बाध्य भएका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समाजले सहयोग गरेको हो। विपद्को समयमा पीडित नागरिकलाई सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको भन्दै समाजले आफ्नो तर्फबाट सानो भए पनि मानवीय सहयोग गर्ने प्रयास गरेको जनाएको छ।








प्रतिकृया दिनुहोस