भोटेकोशी बाढीमा फसेकाको जानकारी दिन राईनास नगरपालिकाको आग्रह
लमजुङ । लमजुङको राईनास नगरपालिकाले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित क्षेत्रमा फसेर परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेका व्यक्तिबारे जानकारी गराउन आग्रह गरेको छ।
राईनास नगरपालिकाले एक शोक विज्ञप्ति जारी गर्दै भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ। बाढीका कारण प्रभावित भएका तथा आफन्तसँग सम्पर्क हुन नसकेका राईनास नगरवासीबारे नगरपालिकामा जानकारी गराउन आग्रह गरिएको हो।
नगरपालिकाले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा घाइतेहरूको उपचारका लागि आवश्यक सहयोग र समन्वय गरिने जनाएको छ। साथै, नदी आसपासका क्षेत्रमा अझै जोखिम कायम रहेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नगरपालिकाले रोजगार तथा धार्मिक यात्राका क्रममा बाढी प्रभावित क्षेत्रमा रहेका राईनास नगरवासीमध्ये कोही परिवारको सम्पर्कमा आउन नसकेको भए तत्काल नगरपालिकामा जानकारी गराउन अनुरोध गरेको छ।








प्रतिकृया दिनुहोस