लमजुङ कांग्रेसका नेता डिकेन्द्रराज कडेलको निधन, शव काठमांडौँ लगिने
लमजुङ ।
कांग्रेस लमजुङका नेता तथा समाजसेवी डिकेन्द्रराज कडेलको निधन भएको छ । उहाँ बेसीसहर नगरपालिका ८, दनाइफाँटस्थित डम्बर बहादुर रिमालको घरमा रहेको आफ्नै डेरामा शनिबार बिहान मृत अवस्थामा फेला पर्नुभएको हो।
राइनास नगरपालिका–४, सातबिसे निवासी ७५ बर्षीय कडेल नेपाली कांग्रेसको राजतिनिसँगै समाजसेवामा सक्रिय हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेस लमजुङको महासमिति सदस्य हुनुहुन्छ । लामो समय जनचेतना अभिवृद्धि तथा विकास अध्ययन समिति नामक गैरसरकारी संस्थाको अध्यक्ष रही सामाजिक सेवामा सक्रिय हुनुहुन्थ्यो । कडेल व्यावसायिक र शैक्षिक गतिविधिमा समेत संलग्न रहँदै आउनुभएको थियो ।
उहाँको श्रीमती र ३ छोरा रहेका छन् ।
उहाँको आकस्मिक निधनले जिल्लाको सामाजिक तथा राजनीतिक वृत्तमा अपूरणीय क्षति पुगेको भन्दै नेताहरूले दुःख व्यक्त गरेका छन्। कँडेल यसअघि पनि मुटुको समस्या (हार्ट अट्याक) का कारण ढलेको र यसपटक पनि मौन हृदयघातका कारण नै निधन भएको हुनसक्ने अनुमान गरिएको छ।
शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । उनको दाहसंस्कार काठमांडौस्थित पशुपति आर्यघाटमा गरिने जनाईएको छ ।






प्रतिकृया दिनुहोस