आज : Friday, August 07, 2026 | २०८३ श्रावण २२ शुक्रबार

मर्स्याङ्दीमा पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षकहरूका लागि शिक्षण–सिकाइमा कथावाचन सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न 

लमजुङ ।
मर्स्याङ्दी गाउँपालिकाको आयोजना तथा ई.सी.ई.पी.(नेपाल फाउन्ेसन) को सहजीकरणमा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षकहरूका लागि आयोजित “शिक्षण–सिकाइमा कथावाचन सम्बन्धी दुईदिने कार्यशाला” सफलतापूर्वक सम्पन्न भएको छ। 

शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै कथावाचनमार्फत शिक्षण–सिकाइलाई थप प्रभावकारी, सिर्जनशील र बालमैत्री बनाउने उद्देश्यले राष्ट्रकवि माधवप्रसाद घिमिरे बैठक कक्षमा सञ्चालन गरिएको कार्यशालामा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यशालाको दोस्रो दिन प्रशिक्षकहरू विमला गुरुङ, सरिता के।सी। र शर्मिला थापाले कथावाचनको महत्त्व, शिक्षणमा यसको प्रभावकारी प्रयोग तथा व्यवहारिक अभ्यासबारे प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको समापन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष जुनामाया थापा,  ई.सी.ई.पी.(नेपाल फाउन्ेसन) का क्षेत्रीय कार्यक्रम संयोजक विमला गुरुङ, शिक्षा शाखा प्रमुख बसन्त बरुवाल लगायतको उपस्थिति रहेको थियो।

प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। समापन समारोहमा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यशालाले विद्यालयमा कथावाचनको माध्यमबाट शिक्षण–सिकाइलाई अझ प्रभावकारी र बालकेन्द्रित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।  

प्रतिकृया दिनुहोस