आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

राइनास नगरपालिकाको तीनपिप्लेमा वृृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

राइनास नगरपालिका वडा नं. ५ तीनपिप्लेमा वृृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । प्रगातिशील महिला समूह विरौटाको पहलमा भएको उक्त कार्यक्रमको समन्वय राइनास नगरपालिका वडा नं. ५ ले गरेको हो । विगत लामो समयदेखि हरेक शनिवार आफ्नो टोल सरसफाइ गर्दै आएकोमा चैत ३० गते शनिवार भने सरफाइसँगै वृक्षरोपण कार्य गरिएको छ । दलितमैत्री सामूदायिक भवनबाट तीनपिप्ले बजार जाने सडकको दायाँबायाँ अशोकाको विरुवा ५० वडा रोपिएको छ भने टोलका घर छेउमा आँप र लिचीको विरुवा ५० वटा रोपिएको छ । विगतमा गरीएको सरसफाइ कार्यक्रममा युवाहरुको बढी सहभागीता हुने गरेकोमा यस पटक बालबाालिका तथा बृद्धहरु पनि स्वःस्फूर्त रुपमा सहभागीता जनाएका थिए । कार्यक्रमका सहभागीहरु राइनास नगरपालिकाका वडा नं. ५ का वडाअध्यक्ष शंख बहादुर सार्कीले टोल सरसफाइ तगायतका सामाजिक कार्यमा आफ्ना वडा वासीहरुको सक्रिय सहभागीतको लागि धन्यवाद व्यक्त गर्नुभएको छ । त्यस्तै स्थानीय अगुवा एवम् राइनास नगरपालिका शिक्षा शाखाका प्रमुख पूर्ण बहादुर नेपालीले विगतमा गर्दै आएको सरसफाइ त छँदै थियो, यस पटक सरसफाइसँगै वृक्षरोपण पनि भएकोका स्थानीयहरु झन बढी उत्साहित भएको बताउनु भयो । विरौट गाउँ सफा त थियो, अव हरियाली पनि हुने भएको कुरा बताउँदै राइनास नगरपालिकालाई धन्यबाद दिनुभयो ।

प्रतिकृया दिनुहोस