आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

लमजुङ अस्पतालका पाँच जना उत्कृष्ट कर्मचारी सम्मानित

लमजुङ अस्पतालले पाँच जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । अस्पतालको दोस्रो वार्षिकोत्सव कार्यक्रमको अवसरमा शनिबार उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको हो ।
अस्पतालको विभिन्न विभागमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान पत्रसहित सम्मान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शिशिर देबकोटाले बताउनुभयो ।
लमजुङ अस्पतालले स्त्री रोग विशेषज्ञ डा.गोमा रिमाल, अ.न.मी सन्तु राना, इमरजेन्सी इन्चार्ज अहेव गणेश गुरुङ, ल्याब असिस्टेन्ट कुमारवावु तिवारी र प्रशासन सहायक अमृत चिलुवाललाई सम्मान गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष हरिजंग तामाङ, गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, पूर्व स्वास्थ्यमन्त्री मधु अधिकारी, प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले संयुक्त रुपमा टीका र सम्मानपत्रद्धारा सम्मान गर्नुभएको हो । उत्कृष्ट कर्मचारी छनौटका लागि अस्पतालले मापदण्ड बनाएको थियो सोही मापदण्डको आधारमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई छनौट गरी सम्मान गरिएको अस्पताल विकास समितिका अध्यक्ष हरिजंग तामाङले बताउनुभयो ।

प्रतिकृया दिनुहोस