आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

सुन्दरबजार अस्पताललाई लुगा धुने वासिङ मेशिन सहयोग 

सुन्दरबजार नगरपालिका ७ तार्कुटारमा रहेको सुन्दरबजार अस्पताललाई लुगा धुने वाशिङ मेसिन प्राप्त भएको छ । ओम फर्निचर एण्ड फर्निसिङ सेण्टर सुन्दरबजारका सञ्चालक नवीन श्रेष्ठको समन्वयमाडिजिटल होम इन्टरनेशनल कम्पनी ललितपूरले अस्पतालालई वाशिङ मेसिन सहयोग गरेको हो । ७५ हजार मुल्य बराबरको अटोमेटिक सिस्टमको वाशिङ मेसीन विहिबार एक कार्यक्रमका विच अस्पताललाई हस्तान्तरण गरिएको छ । 
ओंम फनिचर एण्ड फर्निसिङ सेण्टर सुन्दरबजारका सञ्चालक एवं डिएचई कम्पनीका आधिकारीक विक्रेता नविन श्रेष्ठले सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, उपप्रमुख भवानी के.सी, वडा अध्यक्ष जयराम रेग्मीको उपस्थितीमा अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलाई उक्त मेसीन हस्तान्तरण गर्नुभएको हो । वासिङ मेसिन हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख कोइरालाले सुन्दरबजार अस्पतालको स्तरोन्नति गर्न आफू लागि परेको बताउनुभयो ।अस्पतालको भौतिक बिकास, ब्यबस्थापकिय क्षमता अभिबृद्दी, जग्गा प्राप्ति, भवन निर्माण तथा प्रदेश स्तरीय अस्पतालमा स्तर उन्नति गरि ट्रमा सेण्टर स्थापना गर्ने,ब्लड बैक स्थापना गर्ने,स्वास्थ बिमालाई प्रभाबकारी बनाउने नीति लिएको नगर प्रमुख कोइारालाले बताउनुभयो । 
उपप्रमुख भवानी केसी ले सुन्दरबजार अस्पतालको सेवालाई प्रभाबकारी बनाउननगरपालिका सदैव  अस्पतालको साथमा रहेको बताउनुभयो । वडा नम्बर ७ का वडा अध्यक्ष एबम अस्पतालकाका जग्गा दाता जयराम रेग्मीले अस्पताल २४ सै घण्टा सन्चालन गर्नु पर्ने बताउदै वडा र आफ्नो तर्फ बाट अस्पतालको बिकास र बिस्तारको लागि सक्दो सहयोग गर्ने बताउनुभयो । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले अस्पतालमा तत्कालै डाक्टर, ल्याब, फार्मेसीअ, रेडियोग्राफर र कप्युटर अप्रेटर स्टाफ भर्ना गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । अस्पतालको भिडियो एक्सरे मेसिन र ल्याबका लागि आवश्यक मेसिनहरु जतिसक्दो छिटो खरिद गरिद गरि सेवा बिस्तार गर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले लमजुङ अस्पताल र सुन्दर बजार अस्पताल बिच भगिनी सम्बन्ध स्थापना छिटो भन्दा छिटो सम्झौता गरिने बताउनभुयो ।
अस्पतालका मेसु डाक्टर होम बहादुर गुरुङले अस्पतालको वर्तमान अवस्थाको बारेमा जानाकारी गराउँदै सेवा क्षेत्रहरु बढाउन लागि परेको बताउनुभयो । उहाँले वासिङ मेसिन नि शुल्क प्रदान गर्ने डिएचआइ कम्पनी र समन्बय गर्ने डिलर नवीन श्रेष्ठलाई धन्यवाद व्यक्त गर्नुभयो । डिएचआई कम्पनीका डिलर एबम समन्वयकर्ता नवीन श्रेष्ठले आफुले अस्पतालको अहिलेको आवश्यकता पहिचान गरिसमन्वय गरि वाशिङ मेशिन उपलब्ध गराएको बताउनुभयो । कार्यक्रममा सुन्दर बजार नगरपालिकाका वडा सदस्य मुरली कुमाल, समाजसेवि गेहेन्द्र मिश्र, कानुनी सल्लाहकार सुदर्शन जोशीलगायतको उपस्तिथि थियो कार्यक्रमको सन्चलान सिनियर अहेब दिपक पन्डितले गर्नु भएको थियोे ।
 

प्रतिकृया दिनुहोस