अपांगता भएका व्यक्तिहरुको २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
लमजुङको बेसीशहरमा अपांगता भएका व्यक्ति तथा उनीहरुको परिवारलाई क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ ।। ग्रामीण अपाङ्ग समाज नेपाल लमजुङ आयोजनामा र एविलिस फाउन्डेशन नेपालको सहयोगमा २ दिने तालिम सञ्चालन गरिएको हो । तालिममा ३५ जना सहभागि थिए ।
अयोजक संस्था ग्रामीण अपाङ्ग समाज लमजुङका अध्यक्ष प्रकाश चिलुवालले अपांगता भएका व्यक्तिहरुलाई अपाङ्गता अधिकार, नेपाल सरकारले प्रदान गरेको सेवा सुविधा, अपांगता ऐन, निति, निययमको जानकारीकोसाथ उनीहरुको नेतृत्व विकास र स्वःनिर्णयको क्षमता विकास होस् भनि कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
अपांग संरक्षण समाज लमजुङका अध्यक्ष चन्द्रकान्ता पौडेलले अपांगताको प्रकार, लैङ्गिक समानाता र अपांगता समावेशिकरण, अपांगता परिचयपत्रका बिषयमा प्रशिक्षण गराउनुभएको थियो । त्यसैगरी दिगो विकासका लक्ष्य र अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय महासन्धीको बिषयमा एविलिस फाउन्डेशन नेपाल कन्ट्री कोअर्डिनेटर डा।वीरेन्द्र राज पोख्रेलले गराउनुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं २ का वडाअध्यक्ष मदन रानाले स्थानीय सरकारलेअपांगता भएका व्यक्तिहरुको सेवा सुविधा भएपनि समावेशीता र सहजता भएका नितीनियमको कार्य योजना निमार्णतमाजोड दिने बताउनुभयो।
कार्यक्रममा एकिकृत विकास कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले अपांगता भएका व्यक्तिहरुले पाउने सेवा सुविधाबारे कार्यालयमार्फत प्रदान गरिने बतातउनुु भएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण केसीले बोल्दै सबै ठाउँहरुमा अपाङ्गमैत्री संरचना नहुदाँ अपांगता भएका व्यक्तिले सामान्य सेवा सुविधामा समेत समस्या झेल्नुपरेको छ । यस्ता प्रकारको क्षमता अभिवृद्धि तालिमले अपांगता भएका व्यक्तिहरुलाई अधिकारबारे आवाज उठाउन तथा व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास गर्नुभयो ।
ग्रामीण अपाङ्ग समाजका अध्यक्ष प्रकाश चिलुवालको अध्यक्षता भएको कार्यक्रममा जिवन श्रेष्ठले सञ्चालन गर्नुभएको भयो । अन्नपूर्ण बौद्धिक मनदाता अभिभावब संघका अध्यक्ष श्रीकृष्ण घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहभागीबाट टिकाराम पौडेलले तालिम निकै उपयोगी रहेको, ग्रामणि क्षेत्र सेवा सुविधाबाट वन्चित र विपन्न अपांगता भएका व्यक्तिहरुलाई लक्षित यस्तै अरु कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो ।





प्रतिकृया दिनुहोस