त्रिवेणी कपको उपाधि एपिएफलाई : लगातार दोस्रो जीत
लमजुङ सदरमुकाम बेसीशहरमा सञ्चालित ३३ औँ त्रिवेणी कप २०८२ को उपाधि विभागीय टिम एपिएफ क्लव काठमाडोले हात पारेको छ ।
सहजी खेलमैदानमा सोमबार भएको फाइनल खेलमा लाङ्दीदेवी फुटवल क्लव नाल्मालाई हराउँदै एपिएफ क्लवले लगातार दोस्रो जीत हात पारेको हो ।
फाइनल खेलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै एपीएफले दोस्रोपल्ट पनि उपाधि जितेको हो । योसँगै एपीएफले नगद १२ लाख रुपैयाँ हात पारेको छ । उपविजेता नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ । गत वषको संस्करणमा भने एपीएफले बिवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो ।
यसपल्ट भने एपीएफलाई त्यतिधेरै संघर्ष गर्न परेन । करिब ७ वर्षपछि एपीएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले निर्धारित समयमै एपीएफलाई उपाधि चुमाउन सफल भए ।
एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे । खेलको ७७ औं मिनेटमा युवराजको गोलमार्फत एपीएफले सुरुवाती अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि नै प्रदीपले गोल गर्दै २–० को सहज जित पक्का गरेको हो ।
प्रतियोगिता अवधिभर समान ३÷३ गोल गरेर एपिएफ क्लवका समिर थोकर र प्रदिप लामा सर्वाधिक गोलकर्ता घोषित भएका छन् । उनीहरुलाई नगद २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ । यसैगरी एपिएफका गोल किपर एञ्जल श्रेष्ठ वेष्ट गोेलकिपर घोषित भएसँगै नगद २५ हजार रुपैयाँ ट्रफी हात पारेका छन् । एपीएफकै खेलाडी सन्तोष खत्री फाइनाल खेलको म्यान अफ दि म्याच घोषित भएकाा छन् । उनलाई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको आयोजक त्रिवेणी युुवा क्लवले जनाएको छ ।
प्रतियोगिताका विजेता र उपविजेता समुहलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा क्लवका अध्यक्ष टेकजंग गुरुङ, गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, संविधान सभा सदस्य जमिन्द्रमान घले, प्रदेश सदस्य, पार्वती तामाङ, मुनीन्द्रजंग गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी उमेश ढुंगाना सहित पालिका प्रमुख तथा अध्यक्षहरुको सहभागिता रहेको थियो ।





प्रतिकृया दिनुहोस