चर्च बोइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा ः साविक विजेता एपिएफ र लाङ्दीदेवी नाल्मा फाइनल भिड्ने
एपी पावर चर्ज बोइज काठमान्डौलाई हराउँदै लाङ्दीदेवि युवा क्लव नाल्मा ३३ औँ त्रिवेणी कपको फाइनलमा प्रवेश गरेको छ । लमजुङ सदरमुकाम बेसीशहरमा रहेको सहजी खेल मैदान त्रिवेणी रंगशालामा आइतबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई सहजै पराजित गर्दै नाल्माको लाङ्दीदेवी एफसी ३३ औं त्रिवेणी कपको फाइनलमा प्रवेश गरेको हो ।
उक्त खेलमा लाङ्दीदेवीले २–० को जित निकालेको छ । योसँगै लाङ्दीदेवीले उपाधिका लागि साबिक विजेता एपीएफ क्लबसँग खेल्ने भएको छ । एपीएफले पहिलो सेमिफाइनलमा लमजुङ मस्र्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै लगातार फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । लाङ्दीदेवीलाई जित दिलाउन रोहन कार्की र आशिष गुरुङले समान एक गोल गरका थिए । खेलको ३६ औं मिनेटमै रोहनले लाङ्दीदेवीलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा आशिषले गोल गर्दै लाङ्दीदेवीको सहज जित पक्का गरेका हुन् । उक्त खेलमा लाङ्दीदेवि नाल्मा टिम कप्तान आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भएसागै नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेका छन् ।
फाइनल खेल सोमबार दिउँसो १ बजे सविक बिजेता एपिएफ क्लव र लाङ्दीदेवी नाल्मा विच हुने आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष टेकजंग गुरुङले बताउनुभयो । प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताउनुभयो । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताउनुभयो । गत वर्षसम्म सेमिफाइनलमा पराजित दुई टोलीलाई प्रदान गरिँदै आएको २–२ लाख रुपैयाँको पुरस्कार भने यस वर्षदेखि हटाइएको आयोजकले जनाएको छ ।





प्रतिकृया दिनुहोस