आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

पाँचौ राइनास कप गौलीटार खेल मैदानमा २०८२ माघ १ देखि शुरु हुने

राइनास नगरपालिका–६ धमिलिकुवामा रहेको गौलीटार क्षेत्रीय  खेलमैदानमाा आगामी माघ महिलनाको १ गतेदेखि पाँचौ राइनास कप खुला नकआउट  फुटवल प्रतियोगिता सुरु हुने भएको छ ।

आयोजक गौलीटार क्षेत्रीय खेल मैदान समितिले शुक्रबार लमजुङ सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि पाँचौ राइनास कप  फुटवल प्रतियोगिताको बारेमा जानकारी गराएको हो । आयोजक गौलीटार खेल मैदान समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले यस वर्ष प्रथम पुरस्कार राशी ५ लाख पु¥याइएको बताउनुभयो ।

गत वर्षको तुलनामा यसवर्ष २ लाख रुपैयाँ बढाएर एकैचोटी पाँच  लाख पु¥याइएको हो । अध्यक्ष चिलुवालले  गत वर्ष ३ लाख रुपैयाँ रहेको विजेता पुरस्कार यस वर्ष बढाएर पाँच  लाख  पु¥याइएको बताउनुभयो । प्रतियोगितामा उप–विजेता हुने समूहले २ लाख ५० हजार रुपैयाँ पाउने छ । गत वर्ष १ लाख ५० हजार रुपैयाँ रहेको द्वितीय पुरस्कार १ लाख रुपैयाँ बढाइएको समितिका सचिव प्रदिप जंग गुरुङले बताउनुभयो ।

विजेतालाई नगदसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पुरस्कार राशीमा करकट्टी नगरिने सचिव गुरुङले बताउनुभयो । गत वर्ष सेमिफाइनलमा पराजित २ टिमलाई दिइँदै आएको ४०–४० हजार रुपैयाँ पुरस्कार यस वर्ष हटाइएको छ । सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको पुरस्कार बढाएर जनही १५ हजार रुपैयाँ बनाइएको छ । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषणा गरी नगदसहित मायाको चिनो प्रदान गरिने क्लवका उपाध्यक्ष सरोज तामााङ (लिला)ले  बताउनुभयो ।

प्रतियोगितामा कम्तीमा १२ टिम सहभागी गराइने आयोजकले जनाएकाो छ । टिम दर्ताका लागि पुस २५ गतेसम्मको  समय निर्धारण गरिएको क्लवका अध्यक्ष चिलुवालले बताउनुभयो । टिम दर्ता शुल्क १५ हजार रुपैयाँ तोकिएको उहाँले बताउनुभयो । शुक्रबार बेसीशहरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा गौलीटार क्षेत्रीय खेलमैदान समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवाल, सचिव प्रदिपजङ गुरुङ, निर्वतमान अध्यक्ष किरण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सरोज तामाङ (लिला), कोषाध्यक्ष सुदिप भट्टलगायत पदाधिकारी, आजीवन सदस्यलगायतको उपस्थिति रहेको थियो ।

राइनास कपलाई सफल बनाउन स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था र स्थानीय तहसँग सहयोगको अपेक्षा गर्दै आर्थिक संकलन अभियानलाई तीव्रता दिइएको समितिले जनाएको छ । राइनास कप प्रवद्र्धनका लागि राइनास नगरपालिकाले प्रत्येक वर्ष ८ लाख रुपैयाँ विनियोजन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस