आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

लमजुङको बाहुनडाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

लमजुङको बाहुनडाँडामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो  शुत्रबार राती करिब ११ः३० बजे मर्स्याङ्दी गाउँपालिका-३ खुदीबाट सोही पालिकाको वडा नं- ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गर्दा बा८च ३७३१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 
मृत्यु हुनेमा सो जीप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको लमजुङ प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । जीप अनियन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते उनीहरुलाई बाहुनडाँडा र खुदीको प्रहरी टोलीले उद्धार गरेको थियो ।घाइतेहरूलाई प्रदेश अस्पताल लमजुङ  बेँसीसहरमा उपचारको क्रममा चिकित्सकहरुले मृत्यु भएको घोषण गरेका छन् । सोही जीपमा सवार ३ जनामध्ये ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का २० वर्षीय उमेश लिम्बू भने सकुसल रहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस