रेडियो चौतरीको शेयरधनी गुरुङ तमु(गुरुङ) कलाकार संघ नेपालको उपाध्यक्षमा निर्वाचित
लमजुङ हिमाल सुचना तथा सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो चौतारी ९१.४ मेगाहर्जका शेयरधनी चर्चित लोक दोहोरी गायिका विष्णुमायाँ गुरुङ तमु (गुरुङ) कलाकार संघ नेपालको महिला उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
शनिबार काठमाडौमा सम्पन्न संघको पाँचौ महाधिवेशनबाट गुरुङ महिला उपाध्यक्षमा पुन ः सर्वसम्मत निर्वाचित हुनुभएको हो । लमजुङको दोर्दी गाउँपालिका ८ बन्सार स्थाई घर भई हाल काठमाडौलाई कर्मथलो बनाएर साँगीतिक यात्रामा अगाडि बढिरहनुभएकी गुरुङ दोस्रो कार्याकालका लागि महिला उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
काठमाडौमा बसेर संगीतमाला रोधीघर सञ्चालन गर्दै आउनुभएकी गुरुङ हकी स्वभावकी हुनुहुन्छ । संस्थामा बसीसकेपछि आफ्नो पदिय जिम्मेवारी मिहिन ढंगले पूरा गर्नुपर्छ भन्ने सोच राखेर तमु कलाकार संघमा आवद्ध हुँदै आउनुभएको छ । संस्थाभित्र कुनैपनि खालको राजनिति हुनुहुँदैन, कलाकारहरुको संस्थामा गुट–उपगुट हुनुहुँदैन, सवैलाई एकताको शुत्रमा बाँधेर अगाडी बढाउनुपर्छ भन्ने सोँच राखेर उहाँ संस्थामा आवद्ध हुनुभएको हो ।
अग्रजलाई सम्मान गर्दै नवप्रतिभालाई प्रोत्साहन गर्ने कार्यमा आँफु कटिवद्ध भएर अगाडी बढ्ने गुरुङले बताउनुभयो । उहाँले आफ्नो सांगितिक क्षेत्रलाई फराकीलो बनाउँदै करिव ३ दर्जन कलाकारहरुलाई रोजगारी समेत प्रदान गर्दै आउनुभएको छ । रात्रिकालिन व्यवसाय आफैमा चुनौतीको व्यवसाय हो । त्यसलाई सामना गर्दै गितसंगितको संरक्षण र संवर्दनको साथमा आफुजस्ता थुप्रै कलाकारहरुलाई रोजगारी दिन पाउँदा आफुलाई खुसी लागेको उहाँले बताउनुभयो । देशमा केही भएन भनेर लाखौँ युवाहरु परदेश पलायन भइरहेको अवस्थामा गुरुङले नेपालमै झण्डै ३०÷३५ जनालाई रोजागरी प्रदान गरिरहनुभएको छ ।
दोर्दी गाउँपालिका ८ बन्सारको बनपाखामा घाँस दाउरा, मेलापात सँगै आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाउनुभएकी गुरुङले काठमान्डौ प्रवेश गरेको १७÷१८ वर्षको अन्तरालमा सफल गायिका मात्रै नभएर एक सफल व्यवसायीको रुपमा समेत आफुलाई स्थापित गराउनुभएको छ । लमजुङमा हुने कार्यक्रमहरु, गाउँघरमा, विद्यालयमा हुने कार्यक्रमहरुमा सहभागी भएर आफ्नो गाउने रहन पूरा गर्दै आउनुभएकी गुरुङ २०६४ सालमा काठमाडौ प्रवेश गर्नुभएको हो । उहाँले गाउनुभएको सल्ला धुपैले लगायतका केही गितहरु करोडौँ क्लवमा प्रवेश गरेका छन् । सयौँ गीतमा आवाज भर्नुभएकी गायिका विष्णुमायाँ गुरुङले हङकङ, बेलायत लगायतका दर्जनौ देशहरुमा पूगेर आफ्नो प्रतिभा प्रस्तुत गरिसक्नुभएको छ ।
तमु कलाकार संघ नेपालको पाँचौ महाधिवेशनले गोर्खाका सागर गुरुङको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । महाधिवेशनले सवै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । महिला उपाध्यक्षमा पुनः निर्वाचित गुरुङलाई महाधिवेशनमा देउवहादुर र कमला गुरुङ अक्षय कोषबाट सम्मान गरिएको छ । गुरुङ परम्परा र संस्कृति सम्वर्दनका लागि पुराउनुभएको योगदानकोे उच्च मुल्याकंन गर्दै निवर्तमान अध्यक्ष शर्मिला गुरुङको समितिले विष्णुमायाँ सहित अन्य ४ जना कलाकाहरुलाई नगद १० हजार रुपैयाँ पुरस्कार राशी सहित सम्मान गरेको थियो ।





प्रतिकृया दिनुहोस