न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नविन कुइँकेल
संचार तथा सुचना प्रबिधि मन्त्रालय अन्तर्गत रहेको न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा लमजुङका नविनराज कुइँकेल नियुक्त हुनुभएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य, पूर्व जिल्ला अध्यक्ष समेत रहुनभएका कुइँकेललाई संचार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुव्वा गुरुङको मन्त्रीस्तरीय निर्णयले न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नियुक्त गरेको हो । लमजुङमा नविनराज कुइँकेल सहित पोखराका बासुदेव मिरु र जमुना वर्षालाई पनि न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नियुक्त गरिएको छ ।
गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री समेत रहनुभएका मन्त्री गुरुंगले यस पटक सदस्यमा नियुक्त गरेका तिनजना नै गण्डकी प्रदेशका परेका छन । सदस्यमा नियुक्त कुइँकेल लामो समयदेखि लमजुङको पत्रकारितामा सक्रिय रहनुभएको छ । उहाँ हाल गोर्खापत्र दैनिकका लमजुङ सम्वाददाताको रुपमा कार्यरत हुुनुहुन्छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य, पूर्व जिल्ला अध्यक्ष, प्रेस चौतारी नेपालको निवर्तमान केन्द्रिय सदस्य समेत रहुनभएका कुइँकेलको स्थायी ठेगना मस्र्याङ्दी गाउँपालिका ९ सिम्पानी हो । उहाँ लमजुङ जिल्लाको एकमात्र दैनिक पत्रिका लमजुङ दर्पण दैनिकका सम्पादक समेत हुनुहुन्छ ।
सदस्यमा नियुक्त बासुदेव मिश्र नेपाल नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष हुनुहुनछ । लमजुङ घर भएपनि लामो समयदेखि पोखरामा रहेर उहाँले पत्रकारिता गरिरहनुभएको छ । हाल उहाँ पोखराको अन्नपुर्ण एफएम, ढोरपाटन दैनिक सहित अन्य संचारसंस्थामा समेत संलग्न रहनुभएको छ । यसैगरी सदस्यमा नियुक्त जमुना शर्मा नेपाल पत्रकार महासंघ गण्डकीको महासचिब हुनुहुन्छ । उहाँ राष्ट्रिय समाचार समितिको सम्बाददाता, पोखरा एक्सप्रेसको सम्पादक र पोखराको रेडियो जननीमा पनि कार्यरत रहनुभएको छ ।
न्युनतम पारिश्रमिक निर्धारण समितिको थप सदस्यहरु नेपाल पत्रकार महासंघको सिफारिसमा संचार मन्त्रालयले नियुक्त गर्ने ब्यबस्था रहेको छ । समितिमा संचारको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको व्यक्ति अध्यक्ष रहने ब्यबस्था रहेको छ । संचार मन्त्रालय र श्रम मन्त्रालयका सहसचिव एबम नेपाल पत्रकार महासंघका अध्यक्ष पनि समितिको सदस्य रहने ब्यबस्था रहेको छ ।





प्रतिकृया दिनुहोस