नेपाल छन्त्याल संघको केन्द्रिय अध्यक्षमा हरिचन डाँडामारे छन्त्याल सर्वसम्मत चयन
नेपाल छन्त्याल संघको केन्द्रिय अध्यक्षमा हरिचन डाँडामारे छन्त्याल सर्वसम्मत चयन हुनुभएको छ । संघको (जेठ १५–१७) गते काठमाडौँमा सम्पन्न ८ औँ राष्ट्रिय महाधिवेशनले हरिचन डाँडामारे छन्त्यालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमुना छन्त्याल, महिला उपाध्यक्ष थममाया छन्त्याल, खुला उपाध्यक्ष चक्र बहादुर छन्त्याल, भूगोल तर्फ गण्डकी प्रदेश उपाध्यक्षमा खिमबहादुर छन्त्याल, बाग्मती प्रदेश उपाध्यक्ष धनबहादुर छन्त्याल, लुम्बिनी प्रदेश उपाध्यक्ष योगेन्द्र छन्त्याल सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी संघको महासचिवमा समप्रसाद छन्त्याल, उप–महासचिव नविन छन्त्याल, सचिवमा चुडामणि छन्त्याल, महिला सचिवमा हिराकुमारी छन्त्याल, कोषाध्यक्षमा लोकशंकर छन्त्याल, सह–कोषाध्यक्षमा अम्बिर छन्त्याल सर्वसम्मत चयन हुनुभएको छ ।
सदस्यहरुमा मनि छन्त्याल, जगिन्द्रकुमार छन्त्याल, ताराप्रसाद छन्त्याल, रेशम छन्त्याल, कृष्णकुमारी छन्त्याल, झकबहादुर छन्त्याल, टेकबहादुर छन्त्याल,थमप्रकाश छन्त्याल, फटबहादुर छन्त्याल, जानु छन्त्याल, चित्र छन्त्याल, रामबहादुर छन्त्याल, गुमादेबी छन्त्याल, नरकुमारी छन्त्याल, पुर्णप्रसाद छन्त्याल, नीमबहादुर छन्त्याल र धिरेन्द्र छन्त्याल चयन हुनुभएको छ । आठौँ महाधिवेशनले ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको नेपाल छन्त्याल केन्द्रिय युवा संघका अध्यक्ष खि घरब्जा छन्त्यालले चौतारी लाइभ डट कमलाई जानकारी दिनुभयो । ८ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्ययक्ष रेशम गुरुङले गर्नुभएको थियो ।
कार्यक्रम शुरु हुनुअघि काठमान्डौको मनमैजु पुलदेखि छन्त्याल संघको कार्यालय भवन प्राङ्गणसम्म प्रभातफेरी गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, संरक्षक परिषदका सदस्य इन्द्रजीत भदञ्जालगायतले शुभकामना मन्तव्य राख्दै महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । निवर्तमान अध्यक्ष मोहन छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मनमायाँ छन्त्यालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव कृष्ण पुरानेले गर्नुभएको थियो । देशदेखि विदेशसम्मका सम्पूर्ण छन्त्यालहरूको प्रतिनीधिमूलक एक मात्र साझा संस्था नेपाल छन्त्याल संघ हो । ‘छन्त्याल जाती हित समिति’ हुँदै जातीय पहिचान, उत्थान र हितका निम्ति सम्वत् २०४३ मा काठमाडौं उपत्यकामा अस्थायी र स्थायी बसोबास गर्ने छन्त्यालहरूको सक्रियतामा ‘छन्त्याल परिवार संघको स्थापना भएको थियो । सन् १९९६ को पहिलो महाधिवेशनपश्चात् ‘छन्त्याल परिवार संघ’लाई परिवर्तत गरी ‘नेपाल छन्त्याल संघ’ नामाकरण गरियो । संघले आफ्नो स्थापनाकालदेखि आदिवासी जनजाति आन्दोलनले उठाएका मुद्धाहरूलाई आत्मसात गरी निरन्तर क्रिशाशील रहेको छ ।
छन्त्यालहरूको सघंन बसोबास भएका बागलुङ, म्याग्दी, गुल्मी, सुर्खेत, मुस्ताङ काठमाडौं, कास्की, रुपन्देही, दाङ जिल्लाहरूमा जिल्ला समितिहरू, गाउँ÷नगर÷महानगर समितिहरु समेत गठन भएको छ । नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ अनुसार नेपालका सूचीकृत ५९ आदिवासी जनजातिमध्ये छन्त्याल जाति एक हो । छन्त्याल जातिको आफ्नो छुट्टै मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतीरिवाज, जीवनपद्धति, प्रथाजनित कानुनलगायत रहेका छन् । छन्त्याल जातिमा १२ थरहरू रहेका छन । खड्का, घर्ती, घरब्जा, घ्याप्चन, झिङ्राजा, डाँडामारे, तथप्जा, पुराने, पोत्लाङ्गे, बुढाथोकी, भलञ्जा र सिङ्गे ।








प्रतिकृया दिनुहोस