आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

इन्जिनियरीङ संघ नेपालको गण्डकी ईन्चार्जमा लमजुङका न्यौपाने

   प्रगतिशील इन्जिनियरीङ संघ नेपालले गण्डकी प्रदेश इञ्चार्जमा लमजुङको राईनास नगरपालिका–१ निवासी इन्जिनियर प्रकाश न्यौपाने सर्वसम्मत चयन हुनु भएको छ । संघको केन्द्रीय पदाधिकारी बैठकले इन्जिनियर प्रकाश न्यौपानेलाई सचिवालय सदस्यमा चयन गर्नुको साथै गण्डकी प्रदेशको इञ्चार्जको जिम्मेवारी सुम्पिएको हो ।  

        गत चैत्र १२ र १३ गते सम्पन्न संघको १० औं केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित न्यौपानेलाई मंगलबार सम्पन्न संघको केन्द्रीय पदाधिकारीको बैठकले जिम्मेवारी बाँडफाँड गर्ने क्रममा गण्डकी प्रदेशको इञ्चार्ज जस्तो महत्वपूर्ण जिम्मेवारी  सुम्पिएको हो । पेशाले इन्जिनियर रहनु भएका न्यौपाने लामो समयदेखि प्राविधिक क्षेत्रको संगठनात्मक विकास र समाजिक सेवामा समेत सक्रिय रहँदै आउनु भएको छ ।

        नेकपा एमाले लमजुङ जिल्ला कमिटीका सदस्य समेत रहनु भएका न्यौपाने राइनासको विकास र समृद्धिको गतिविधिमा समेत क्रियाशील रहँदै आउनु भएको छ । गण्डकीको इञ्चार्जको जिम्मेवारीसँगै प्रदेशस्तरमा इन्जिनियरिङ क्षेत्रको संगठन सुदृढीकरण र प्रविधिमा आधारित अभियान्ता अधिकार सुनिश्चित गर्न न्यौपानेको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस