लमजुङमा सबैभन्दा कम बेरुजु पालिका : मर्स्याङ्दी गाउँपालिकाका
लमजुङका ८ वटा स्थानीय तहमा मर्स्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को हिसाव महालेखा परीक्षकको कार्यालयले गरेको परीक्षणमा मस्र्याङ्दी गाउँपालिकाको बेरुजु शून्य दशमलव ६३ प्रतिशत मात्र देखिएको छ । सो पालिकाको एक अर्ब २५ करोड ५७ लाख ७ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ७९ लाख ७२ हजार बेरुजु देखिएको छ ।
बेरुजुलाई शून्यमा झार्ने गरी काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाँईले बताउनुभयो । यस्तै दोर्दी गाउँपालिकाको शून्य दशमलव ९० प्रतिशत, राइनास नगरपालिकाको एक दशमलव २८, बेँसीसहर नगरपालिकाको एक दशमलव ३४, सुन्दरबजार नगरपालिकाको एक दशमलव ८५ प्रतिशत बेरुजु देखिएको छ । यसैगरी मध्यनेपाल नगरपालिकाको दुई दशमलव ३८, क्व्होँलासोथार गाउँपालिकाको दुई दशमलव ७२ र दुधपोखरी गाउँपालिकाको तीन दशमलव ९० प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार दोर्दी गाउँपालिकाको एक अर्ब २३ करोड ९९ लाख दुई हजार रुपैयाँको रुजु गर्दा एक करोड ११ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ । राइनास नगरपालिकाको एक अर्ब २३ करोड ३८ लाख तीन हजार रुपियाँ हिसाबको रुजु गर्दा एक करोड ५७ लाख ३८ हजार बेरुजु देखिएको छ । बेसीसहर नगरपालिकाको एक अर्ब ७७ करोड १६ लाख नौ हजार रुपैयाँको रुजु गर्दा दुई करोड ३६ लाख ९१ हजार, सुन्दरबजार नगरपालिकाको एक अर्ब ५३ करोड ३३ लाख आठ हजार रुपैयाँको हिसाव रुजु गर्दा दुई करोड ८३ लाख ८४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
यसैगरी मध्यनेपाल नगरपालिकाको एक अर्ब ४२ करोड तीन लाख नौ हजार रुपैयाँको रुजु गर्दा तीन करोड ३३ लाख ४६ हजार रुपैयाँ बेरुजु देखिएको छ । क्व्होँलासोथार गाउँपालिकाको ७५ करोड एक लाख ११ हजार रुपियाँको परीक्षण गर्दा दुई करोड चार लाख ३६ हजार रुपियाँ बेरुजु देखिएको छ । दुधपोखरी गाउँपालिकाको ८१ करोड पाँच लाख ४७ हजार रुपियाँको परीक्षण गर्दा तीन करोड १६ लाख १५ हजार रुपैयाँ बेरुजु हिसाव देखिएको महालेखाको प्रतिवेदनले देखाएको छ ।





प्रतिकृया दिनुहोस