लमजुङको सुन्दरबजारबाट नक्कली परीक्षार्थी पक्राउ
लमजुङको सुन्दरबजार–६ बरबोट स्थित आदर्श बाल माध्यमिक विद्यालयमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सुन्दरबजार–५ का २० वर्षीय आयुष गुरुङले सोही ठाउँका २० वर्षीय विशाल गुरुङको नाममा बिहीबार फाइनान्सको परीक्षा दिइरहेका थिए । चेकजाँचका क्रममा शंका लागेपछि उनीहरू दुबैलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो ।
प्रहरीले दुबै जनालाई बिहीबार नै जिल्ला प्रशासन कार्यालय, लमजुङबाट “शिक्षा ऐन सम्बन्धी कसुर“ शिर्षकमा पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरी निरिक्षक तेलीले बताउनुभयो ।





प्रतिकृया दिनुहोस