आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

दोर्दी ९ का जेष्ठ नागरिकलाई सम्मानमा प्रेसर कुकर प्रदान 

दोर्दी गाउँपालिका ९ हिलेटक्सारका जेष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमकाविच सम्मान गरिएको छ । वडा कार्यालयले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान स्वरुप प्रेसर कुकर वितरण गरेको छ । विगतका वर्षहरुमा जेष्ठ नागरिक सम्मान कार्यक्रममा फाइबर सिरक, छाता, लौरी लगायतका सामाग्री वितरण गर्दै आएको वडा कार्यलयले यस वर्ष भने जेष्ठ नागरिकलाई प्रेसर कुकर वितरण गरेको हो । 
वडा कार्यलयले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा विनियोजन गरेको एक लाख रुपैयाँ बजेटबाट प्रेसर कुकर खरिद गरेर जेष्ठ नागरिकलाई वितरण गरिएको वडा अध्यक्ष आशिष तामाङले बताउनुभयो । जेष्ठ नागरिकहरुलाई छिटो छरितो ढंगबाट तातो तथा नरम खाना खुवाउन सकिने भएको हुँदा प्रेसर कुकर खरिद गरेर वितरण गरिएको तामाङले बताउनुभयो ।

दैनिक जीवनमा प्रयोगमा आउने सामाग्री सहयोग गर्न सकेमा प्रभावकारी हुने भएको हुँदा यसवर्ष डेड लिटर क्षमताको प्रेसर कुकर खरिद गरेर वितरण गरिएको उहाँले बताउनुभयो । वडा कार्यालयले सम्मान स्वरुप प्रेसर कुकर उपलब्ध गराएपछि जेष्ठ नागरिकहरु पनि हर्षित भएका छन् । जेष्ठ नागरिक सम्मान कार्यक्रममा निवर्तमान वडा अध्यक्ष खेमबहादुर गुरुङ, वडा सदस्यहरु पूर्णबहादुर गुरुङ, बुद्धिमाया बिक, सुकदेव कामी, रुपधारा गुरुङ, वडा सचिव दिपक वुढा लागायतको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस