आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

दोर्दीको ढोडेनीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दोर्दी गाउँपालिका नं. ६ ढोडेनीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाएपछि वडास्तरीय खोप समन्वय समितिले आयोजना गरेको एक कार्यक्रमकाबीच वडा नं. ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 
वडा भित्र रहेको जन्मेदेखि १५ महिनासम्मका ३५ जना बालबालिका र १६ महिनादेखि २७ महिनासम्मका ३१ जना बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको ढोडेनी स्वास्थ्य चौकी प्रमुख प्रेमराज ढकालले बताउनुभयो । वडालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपान घोषणा गर्नुअघि स्वास्थ्य चौकीले घरधुरी सर्वेक्षण गरेको थियो । सर्वेक्षणको क्रममा खोप लगाउन छुटेका बालबालिकाको संख्या शुन्य रहेको पाएपछि बुधबार वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 
वडालाई पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रमसँगै ढोडेनी स्वास्थ्य चौकी भवनमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । 
दुबै कार्यक्रम गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले समृद्ध दोर्दी निर्माणका लागि सबैभन्दा महत्वपूर्ण गाउँपालिकाबासीहरु स्वस्थ्य हुनुपर्ने बताउनुभयो । खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिनतर्फ सबै सचेतभए दिगोपना सुनिश्चित हुने उहाँको भनाइ छ । खोप सुनिश्चिततालाई दीर्घकालिन बनाउने सवालमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि योगदान पु¥याउने सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहको योगदानको सराहना गर्नुभयो ।
पुर्ण खोप सुनिश्चितता निरन्तरता कायम राख्न कार्यक्रममा उपस्थित सबैले प्रतिवद्वता–पत्रमा हस्ताक्षर समेत गरेका छन । कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने आमा समूह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई सम्मान पत्रद्वारा सम्मान गरिएको छ । वडा नं. ६ का कार्यबाहक वडाध्यक्ष भिम बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, गाउँपालिकाका पूर्व उपाध्यक्ष दिल बहादुर घले, वडा सदस्य लिलाकुमारी घले, स्वास्थ्य शाखा प्रमुख आइतमान गुरुङ लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख प्रेम राज ढकालले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक सुजन सुनार गर्नुभएको थियो । कार्यक्रमको अवसरमा वडामा कार्यरत ९ जना स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान पत्र प्रदान गरिएको छ । सम्मानित हुनेहरुमा बिमला भारती, सीता माया गुरुङ, देबि माया घले, बिर्खमायाँ घले, बिपना घले, मनमायाँ तामाङ, मायाँ गुरुङ, सुबि घले, रोजिना तामाङ रहनुभएको छ । 

प्रतिकृया दिनुहोस