आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

लमजुङमा राष्ट्रिय विभूती भक्ति थापाको २१०औँ स्मृति दिवस मनाईयो 

लमजुङमा राष्ट्रिय विभूती भक्ति थापाको २१०औँ स्मृति दिवस मनाईएको छ । शनिवार उहाँको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका ३ स्थित भक्ति थापा समाधीस्थलमा फुल तथा माल्यापर्णन गरी दिवस मनाईएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रालाल बस्यालले भक्ति थापाको योगदानको चर्चा गर्दै भक्ति थापा पार्कलाई पर्यटकीय हिसावमा अगाडी बढाउनुपर्ने र स्थानीय पनि अग्रसार हुनुपर्ने बताउनुभयो । साथै  संरचना निर्माण र अन्य सहयोगका लागि मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 
दिगो विकासका लागि स्थिर सरकारको अवाश्यकता पर्ने बताउदै उहाँले स्थिर सरकार भए मात्रै जनताले चाहे जस्तो मूलुक समृद्ध बन्ने उहाँको भनाई छ । पर्यटनलाई प्रथामिकतामा राख्दै प्रदेशमा पर्यटन क्षेत्रको विकास गर्न सरकार लागेको बताउनुभयो । प्रदेश सरकारले जनताले चाहेअनुसारको विकास तत्काल गर्न नसके पनि हालको प्रदेश सरकारले शिक्षा, स्वास्थ्य पर्यटनलगायतका विकास कार्य अघि बढाईएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भक्ति थापा, स्वर्गीय राष्ट्र कवि, डा.हर्क गुरुङ, फुटवल खेलाडी सावित्रा भण्डारीलगायत देशलाई चिनाउने व्यक्तिहरु जन्मिएको ठाउँ भएकाले यस क्षेत्रमा पर्यटन प्रवर्दनका लागि आवश्यक रहेको बताउदै यसको प्रवर्दनका लागि पालिका लागी परेको बताउनुभयो । वडा नं. ३ का अध्यक्ष दुतमान तामाङले वडा नंं. ७ का अध्यक्ष तिलबहादुर गुरुङले भक्ति थापा पार्क, डा.हर्क गुरुङपार्कको संरक्षण संवद्र्धनका साथै पर्यटन प्रवर्दन गर्नुपर्ने बताउनुभयो ।
भक्ति थापा जन्मस्थल प्रवद्र्धन तथा विकास समितिका अध्यक्ष पे्रेमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव तिर्थ बस्नेतलले गर्नुभएको थियो ।  कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, बुद्धिजिविलगायतको सहभागिता थियो ।
भक्ति थापा वि.सं. १९७१ मा नेपाल–अङ्ग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । उनी  लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मिएका हुन । उनले पहिले लमजुङका राजा केहरि नारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेको इतिहास छ । गोरखासँगको अन्तिम युद्धमा पराजीत भई युद्धवन्दीका रूपमा काठमाडौं पुगेको करिब एक वर्ष पछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न थिए ।
१८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उनले गरे । देउथलमा अंग्रेजविरुद्ध तरवारसहित तीन सय सेना लिएर युद्ध गरेका थापालाई अंग्रेजको गोली लागेर मृत्यु भएको थियो । अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानकासाथ अमरसिंह थापालाई बुझाएको इतिहास छ ।

प्रतिकृया दिनुहोस