आज : Tuesday, September 08, 2026 | २०८३ भदौ २३ मंगलबार

७ दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सम्पन्न 

नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको ससर्त अनुदान र दुधपोखरी गाउँपालिका लमजुङको आयोजना तथा आई टि मल्टि टेक्निकल ट्रेनिङ इन्ष्टिच्युट प्रा.लि.को सहजीकरणमा सञ्चालित गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत दुधपोखरी गाउँपालिका वडा नं ४ धरेलवेसीमा सात दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरिएको छ । 
दुधपोखरी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष ‌ओम बहादुर गुरुङको अध्यक्षतामा र गाउँपालिका उपाध्यक्ष क्षेत्र बहादुर गुरुङको प्रमुख आथित्यतामा उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गुरुङले उद्यमशिलताको विकासले युवाहरुलाइ स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै स्थानीय स्रोतसाधनको उपयोग र पालिकाको आयमा बृद्धिहुने विचार राख्नुभएको थियो । उक्त तालिममा प्रशिक्षकको व्यवस्था राष्ट्रिय युवा परिषद् सानोठिमि भक्तपुरले गरेको थियो । तालिमको प्रशिक्षक मदन खड्का र सिद्द राज जोशीले गर्नुभएको थियो । 
७ दिनसम्म उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम पश्चात दुना टपरी बनाउने सीपविकास तालिम पनि संचालन गरिने तथा कार्यक्रमको ८० प्रतिशत उद्यमीको तर्फवाट २० प्रतिशत लगानीमा दुना टपरी बनाउने मेसिन खरिद गरिने प्रशिक्षक मदान खड्काले बताउनुभयो । उद्यमशिलता तथा वित्तिय साक्षरता तालिमसंगै टपरि गाँस्नपनि सिकाएका छौँ, अब मेसीन लिएर आउदा टपरीका लागि पात गाँसेर सुकाउनुपर्ने खड्काले जानकारी दिनुभयो । 
उद्यमशिलता विकास तालिममा समाजसेवी गुमान सिं तामाङले उत्पादित दुना टपरिको बजारीकरणमा सहयोग गर्ने बताउनु भयो । तालिम प्रशिक्षक सिद्द राज जोशीले तालिममा लिएको अनुभव तथा सिकेको कुरालार्इ व्यवहारमा उतारे सफल हुने कुरामा जोड दिनुभयो । 
प्रशिक्षक मदन खड्काले राष्ट्रिय युवा परिषद्बाट दिइने सेवा सहुलियत पुर्ण कर्जा तथा विभिन्न निकायबाट हुने सहयोगको बारेमा प्रष्ट पार्नुभयो । 
समापन कार्यक्रमका अध्यक्ष दुधपोखरी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष ओम बहादुर गुरुङले आफ्नो वडा समृद्ध भय पालिका पनि समृद्ध हुने भनाइ राख्नुभयो । वडा नं ४ का स्थानिय समृद्ध भए पालिका समृद्ध हुने साथै यो कार्यक्रमबाट उद्यमी बने अरु कार्यक्रमको माग गर्ने भनाइ राख्दै कार्यक्रम सफल रहेको तथा अवका तालिम कार्यक्रम पनि सफल हुने र उद्यमीनै सिर्जना हुने कुरामा विस्वस्त रहेको भनाइ राख्दै कार्यक्रम समापन गरिएको हो ।

प्रतिकृया दिनुहोस