भुजुुङमा ग्लोबल आईएमई लघुुवित्तद्धारा सारक्षरता कार्यक्रम सञ्चालन
भुजुुङमा ग्लोबल आईएमई लघुुवित्तद्धारा सारक्षरता कार्यक्रम सञ्चालन
ग्लोबल आईएमई लघुुवित्तिय संस्था लिमिटेडले क्व्होलासोँथार गाउँपालिका ४ भुुजुङमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय मालिङले क्व्होलासोँथार ४ वित्तीय कारोबार गरिरहेका महिला दिदीबहीनीहरुलाई वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त संस्थामा आवद्ध सदस्य रनकाशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का अध्यक्ष नारायण गुरुङको प्रमुख आतिथ्याता रहेको थियो । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष खिमबहादुर गुरुङ, स्थानीय सुल बहादुर गुुरुङ, ग्लोबल आईएमई लघुुवित्तिय संस्थाका गण्डकी र बाग्मती प्रदेश प्रमुख विनोद पराजुुली, चन्द्रेश्वर शाखा कार्यालय प्रमुख बिमल खनाल, मालिङ शाखामा कार्यरत कर्मचारीहरु लगाएको उपस्थिती रहेको थियो ।
मालिङ शाखा प्रमुख शर्मिला बरालले सहजीकरण गर्नुभएको कार्यक्रममा चन्द्रेश्वर स्टेशनका स्टेशन प्रमुख बिमल खनालले संस्थाले गर्दै आएको सेवा प्रवाहको विषयमा जानकारी गराउनुुभएको थियो ।
कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धीको ज्ञान सबैले बुझे जस्तो लागेपनि यसका क्षेत्रहरु व्यापक रहेकोले वित्तका बारेमा बालबच्चादेखी लिएर परिवार र समाजका सबै ब्यक्तीहरुले बुझेर सोही बाटो अवलम्बन गरी अगाडी बढ्न सकेमा मात्र परीवार तथा समाजमा आर्थिक क्रियाकलापहरु सबल किसिमबाट अगाडी बढाउन सकिने विषयमा जोड दिइएको थियो ।
उक्त कार्यक्रममा १२० जनाको सहभगीता रहेका थिए ।





प्रतिकृया दिनुहोस