आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

क्व्होलासोँथारमा जिल्ला प्रशासन कार्यालयका अन्तरक्रिया

जिल्ला प्रशासन कार्यालय लमजुङले क्व्होलासोँथार गाउँपालिकामा समुदायसँग अन्तरक्रिया गरेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले प्रदान गर्ने सेवा प्रवाहको विषयमा ग्रामीण भेगका स्थानिय सँग अन्तरक्रिया गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । कार्यालयले क्व्होलासोँथार गाउँपालिका वडा नं ८ घाम्राङ, वडा नम्बर ५ सिङ्दी, वडा नं ६ पसगाउँमा समुदायसँग अन्तरक्रिया गरेको हो । 
कार्यालयले नागरिकता वितरण, पञ्जीकरण तथा विविध सिफारिस सेवा, लालपूर्जाका लागि आवश्यक सिफारिस सेवा, बैदेशिक रोजगार ठगी, राष्ट्रिय परिचय पत्रका सिफारिस, राहदानी सेवा लगायत जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने सेवाको विषयमा अन्तरक्रिया गरेको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताउनुभयो । ग्रामिण भेगका स्थानियले सिफारीस त्रुटीका कारण, आवश्यक कागजपत्र नबोकेका कारण अथवा आफुले सेवा सम्वन्धि अनविज्ञताका कारण अनावश्यक दुख र झन्झट ब्यहोर्न नपरोस् भन्नका लागि सचेतनामूलक अन्तरक्रिया गरिएको गुरुङले बताउनुभयो । 
शान्तिसुरक्षा तथा समुदाय स्तरमा अपराध न्यूनीकरणसम्वन्धी सचेतना तथा अवैध हातहतियार, महिला तथा बालबालिकाविरुद्धको अपराध नियन्त्रण, लागुऔषध दूव्र्यसन तथा अवैध कारोबार नियन्त्रण सम्बन्धमा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, समग्र सार्वजनिक सेवा प्रवाह तथा सुशासन व्यवस्थापन र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय तथा उक्त समिति चलायमान बनाउन गरिने गृहकार्यका विषयमा अन्तरक्रिया गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनुभयो । 
अन्तरक्रिया कार्यक्रममा प्रमुख कोष नियन्त्रक भवराज जोशी, प्रमुख सेनानी चित्रकुमार कार्की, ससस्त्र प्रहरी नायव उपरिक्षक दिपक पुरी, प्रमुख अनुसन्धान अधिकृत बिष्णुहरी पण्डित, पत्रकार महासंघ जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, सम्बन्धित वडाका अध्यक्षहरु, जनप्रतिनिधिहरु, जिल्ला स्थित बिभिन्न कार्यालयका कर्मचारीहरु लगायत स्थानिय समुदायहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस