आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

दोर्दी गाउँपालिका ६ हरिगाउँ (चेनासा) मा रोटे पिङ निर्माण 

दोर्दी गाउँपालिका ६ हरिगाउँ (चेनासा) मा रोटे पिङ निर्माण निर्माण गरिएको छ । चाडपर्वको समयमा परम्परागत रुपमा गाउँघरमा निर्माण गरिने रोटे पिङलाई लोप हुन नदिनका लागि हरिगाउँका स्थायिनयले रोटेपिङ निर्माण गरेका हुन् । 
पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको रोटेपिङ संरक्षण र चलिआएको परम्परा जोगाउनका लागि स्थानियको सक्रियतामा पिङ निर्माण गरिएको हो । स्थानियले शुक्रबार एक कार्यक्रमको आयोजना गरि विजया दशमी, शुभ दिवापली, छड पर्व लगायतको पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्दै उक्त रोटेपिङ उद्घाटन गरेका छन् । 
गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उक्त रोटेपिङको उद्घाटन गर्नुभएको हो । शुभकामना आदान प्रदान तथा रोटेपिङ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले पछिल्लो सयम लोप हुँदै गएको संस्कार, संस्कृती र परम्परा जोगाउन स्थानियले खेलेको भूमिका सह्रानीय रहेको बताउनुभयो । दशैँ मान्न गाउँ आउनेहरु एक आपसमा जमघट हुने, सुख दुख साटासाट गर्ने र एक आपसमा भाइचाराको सम्वन्ध स्थापना हुने भएकाले यसलाई अझै महत्वका साथ हेरिने अध्यक्ष अधिकारीले बताउनुभयो ।
यस्ता परम्परालाई जोगाउनु हामी सवैको दायित्व रहेको बताउनुभयो । पछिल्लो समय यूवा पीडि गाउँमा नहुनुले पनि समस्या निम्त्याएको उहाँले बताउनुभयो । दोर्दी ६ को हरिगाउँमा २० वर्ष पछि पुन रोटेपिङ स्थापना गरिएको स्थानियले बताएका छन । रोटेपिङ उद्घाटन कार्यक्रममा पूर्व जिल्ला पञ्चायत सभापति गजबहादुर गुरुङ, जिल्ला समन्वय समिति लमजुङका सदस्य शेरबहादुर बोगटी, ढोडेनी आधारभुत विद्यालयका प्रधानाध्यापक बाबुराम गिरी, स्थानिय आमा समुह, बाबा समुह, युवा क्लवमा आवद्ध सदस्यहरुको उपस्थिती रहेको थियो । 
दसैं र तिहार भन्नेबित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर पछिल्लो समय लमजुङमा गाउँदेखि सहरसम्म पिङमा रमाउने मौलिक परम्परा हराउन थालेको छ ।  हाल युवापुस्ता पिङ्माभन्दा पनि सामाजिक सञ्जालमा रमाउने र पिङ हाल्ने युवा बिदेश हुँदा जनशक्तिको अभावले पिङ नै लोप हुन लागेको अवस्था छ । बढ्दो आधुनिकीकरण, युवा पुस्ताहरू सहर, बजार र बिदेसिएकाले गर्दा  पिङ संस्कृति हराउँदै गएको बुढापाकाहरु बताउँछन् । 
 

प्रतिकृया दिनुहोस