आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

दोर्दी गाउँपालिकालाई ५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

मुटु फाउण्डेशनले दोर्दी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउण्डेशनले गाउँपालिकालाई ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । 
मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले गाउँपालिका अध्यक्ष युवराज अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।
फाउण्डेशनले विभिन्न प्रकारका १५ प्रकारका स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गाउँपालिकामा शनिबार एक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो । उक्त सामग्री गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत आवश्यकता अनुसारको स्वास्थ्य संस्थामा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
फाउण्डेशनले डेलिभरी बेड, हस्पिटल बेड, पल्स अक्सिमिटर, हाइट एण्ड वैट स्केल, बीपी सेटलगायतका १५ प्रकारका स्वास्थ्य सामग्री गाउँपालिकालाई सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मुटु फाउण्डेशन र फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, वडाअध्यक्षहरु, सदस्यहरुलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस