आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

लमजुङको दूधपोखरी गाउँपालिका पर्यटन प्रवर्द्धनमा अघि बढ्दै

लमजुङको दूधपोखरी गाउँपालिका पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिकामध्ये एक हो । यहाँका प्राकृतिक, साँस्कृति तथा परम्परागत सम्पदाले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
लमजुङको पूर्वी क्षेत्र, गोरखाको सिमानामा पर्ने दूधपोखरी गाउँपालिका साविकको दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौंडा गाविस गाभिएर बनेको हो । बढ्दो स्थायी र अस्थायी बसाइसराईंको चेपुवामा परेको दूधपोखरी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउन गाउँपालिका लागि परेको छ ।
दूधपोखरी गाउँपालिकामा पर्यटन विकासको सम्भावनाको रहे पनि प्रचार प्रसारको अभावमा कतिपय गन्तव्यहरु ओझेलमा परिरहेको छ । ऐतिहासिक एवं धार्मिक तथा पर्यटकीय महत्व बोकेको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा रहेको छ । यसै कुण्डको नामबाट दूधपोखरी गाउँपालिका बनेको यस पालिकाको क्षेत्रफल १५५ दशमलव ३३ वर्गकिलोमिटर रहेको छ र 
गाउँपालिका स्थापना भएपछिका हरेक वर्षको नीति तथा कार्यक्रममार्फत यहाँको परम्परागत कला, संस्कृति, रहनसहन, रीतिरिवाज, पदमार्गहरू प्राकृतिक सुन्दरता आदिको संरक्षण र प्रवर्द्धनको गर्ने कार्य अघि बढेको छ । गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङका अनुसार विकासको भरपर्दो माध्यम पर्यटन भएको र स्थानीय कला, संस्कृतिहरूको जगेर्ना, प्रवर्द्धन गर्न गाउँपालिका लागिपरेको छ ।
गाउँपालिकाभित्रका पूर्वाधार विकास, सांस्कृतिक तथा धार्मिक क्षेत्रका कार्यहरुबाट पर्यटन लक्षित कार्यक्रममा जोड दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पर्यटन विकास गुरुयोजना निर्माण गरेपछि पर्यटनमार्फत् स्थानीयको आर्थिक क्रियाकलाप बढ्ने गाउँपालिकाले जनाएको छ ।
यहाँका डाँडाकाँडा तथा बस्तीहरुलाई जोड्दै पदमार्ग गर्न सकिने उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ बताउनुहुन्छ । पदमार्गले जोडिएको गाउँहरुमा होमस्टे सञ्चालन गर्न सकिए स्थानीयको जनजीवन उकासिने उहाँले बताउनुभयो । गाउँमा रहेका कला संस्कृतिका माध्ययमबाट पर्यटकको स्वागत गर्न सकिए यसबाट आर्थिक उपार्जन गर्न सकिने उहाँले बताउनुभयो ।
परम्परागत रूपमा रहेको मह शिकारलाई व्यवस्थित गर्न सकिए यस ठाउँमा पर्यटन प्रवर्द्धन हुने देखिन्छ । यसलाई विधिवत रूपमा संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सकिएमा गाउँपालिकाले राजस्व समेत आर्जन गर्न सकिने गाउँपालिकाले जनाएको छ । यस्तै, विभिन्न ठाउँमा मेला महोत्सव आयोजना गर्न सकिए पर्यटन प्रवर्द्धन हुने गाउँपालिकाले जनाएको छ ।
ग्रामीण पर्यटकीय क्षेत्रको रूपमा रहेको दुधपोखरी गाउँपालिकाको केन्द्र जोर्ने क्षेत्रबाट उत्तरतर्फ देखिने हिमालहरू निकै मनमोहक छन् । बौद्ध हिमाल, हिमचुली मनासलु लमजुङ, अन्नपूर्ण, माछापुच्छ«ेलगायत हिमश्रृंखलाले पर्यटकलाई मन्त्रमुग्ध पार्ने स्थानीय ताउँछन् । प्रकृति र जैविक विविधता बोकेको दूधपोखरी गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने नीति अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले बताउनुभयो । 
उहाँका अनुसार दूधपोखरी गाउँपालिकाले दिगो पर्यटन विकासमा अघि बढेको र यसबाट उत्पादन र रोजगारीमा वृद्धि गरी स्थानीय अर्थतन्त्रलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाका हरेक वडामा व्यवस्थित सडक निर्माण हुने सकेमा पर्यटकको आगमन बढाउन सकिने उहाँले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस