एमाले राइनास नगरपालिका कमिटीको अध्यक्षमा घिमिरे
नेपाल कम्युनिष्ट पार्टी (एमाले) राइनास नगरपालिका कमिटिको अध्यक्षमा बलराम घिमिरे निर्वाचित हुनुभएको छ । राइनासमा बुधबार सम्पन्न राइनास नगरपालिका कमिटीको दोस्रो अधिबेसनले घिमिरेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
नगरपालिका कमिटीको उपाध्यक्षमा देवराज गुरुङ, सचिवमा अनन्त त्रिपाठी, उपसचिवमा प्रदिपजंग गुरुङ र शर्मिला बोहरा सर्वसम्मत निर्वाचित हुनुभएको छ । अधिवेशनले ५३ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको नेकपा एमाले जिल्ला कमिटि लमजुङका उप–सचिव विवश बुढाथोकीले बताउनुभयो । नेकपा एमाले लमजुङले जेठ १५ गतेभित्र ८ वटै पालिका अधिबेसन सम्पन्न गर्ने निर्णय गरेअनुसार यतिबेला धमाधम पालिका अधिवेशनहरु भइरहेको उहाँले बताउनुभयो । हालसम्म मध्यनेपाल नगरपालिका, मस्र्याङ्दी गाउँपालिका, सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकामा अधिवेशन सम्पन्न भइसकेको छ ।
दूधपोखरी गाउँपालिकामा बिहीबार अधिवेशन भएको छ । २१ गते दोर्दी गाउँपालिकाको अधिवेशन हुनेछ । २२ गते हुने भनिएको बेसीशहर नगर कमिटिको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ । क्व्होलासोथार गाउँपालिकामा निर्णय हुन बाँकी रहेको एमाले लमजुङले जनाएका छ । अधिवेशन सम्पन्न भइसकेका केही पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । केही पालिकामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको नेकपा एमाले लमजुङले जनाएको छ ।





प्रतिकृया दिनुहोस