आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

नेकपा एमाले मध्यनेपाल अध्यक्षमा सुमन श्रेष्ठ

नेकपा (एमाले) मध्यनेपाल नगर कमिटीको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
मध्यनेपाल नगरपालिका ६, भोर्लेटारमा आयोजित नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीको दोस्रो अधिवेशनले श्रेष्ठसहित पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन गरेको हो ।
नगरपालिका कमिटीको उपाध्यक्षमा विश्वनाथ भुषाल, सचिवमा रामकृष्ण पोखरेल चयन हुनुभएको छ । उपसचिवमा सुदीप पौडेल र सवला नेपाली चयन हुनुभएको छ । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीको दोस्रो अधिवेशन वैशाष १४ गते सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस